स्व.कञ्चन लिम्वू
आखिर वर्षौदेखी इन्टरनेटको संसारमा तातो वहसको रुपमा रहेको यौनजन्य वेवसाइटहरुलाई वैधानिक मान्यता तथा नाम दिने कुरो टुँगो लागेको छ । इन्टरनेटमा डोमेन दर्ता सम्वन्धी निर्ण्र्ाा संस्था इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एण्ड नर्म्वर्स आइक्यानले यौनप्रधान वेवसाइटको लागि छुट्टै डोमेन नाम दिने प्रस्तावलाइ अन्तत पर्ूण्ा रुपमा अस्विकार गरिदिएको छ । सातवर्षअघिदेखि नै सो प्रस्ताव वारेमा व्यापक चर्चा चलेपनि छलफलमै सीमित थियो । करोडौको संख्यामा रहेका यौनजन्य सामग्री समेटिएको वेवसाइटहरुले एकातिर समाजमा नकरात्मक प्रभाव त पर्दै नै थियो तर पनि इन्टरनेट मार्फ हुने व्यापारलाइ भने करोडौको फाइदा पुर्याइरहेको थियो ।
.................................................................................................................................................................
Kanchan Limboo www.cyberdamak.com का संाचालक गत बैसाखमा मोटरसाइल दुर्घटनामा परि वहाँको निधन भएको हो वहाँले Thursday, August 30, 2007मा लेख्नुन भएको एक लेख पढ्ने सौभाग्य मिल्यो आज । तर आज cyberdamak.com लाई यो www.cyberdamak.site88.net. रुपमा मात्र पाउन सकिन्छ ।
...................................................................................................................................................................
इन्टरनेटमा हुने वालयौन दुराचार जस्ता गम्भीर अपराधहरु, अश्लिल चित्रहरु तथा भिडीयोहरुको विना रोकटोक हुने प्रचारप्रसारले यस्ता वेवसाइटहरु आजसम्मपनि अभिभावक तथा इन्टरनेट सम्वन्धी नियम लागू गराउनेलाइ टाउको दुखाइको विषय वनेको छ । यौनजन्य वेवसाइटहरुलाइ छुट्टै डोमेन नाम दिएपछि यस्ता समस्याहरु धेरै मात्रामा निराकरण हुने विज्ञहरुको सुझाव छ । यौनप्रधान वेवसाइटहरुको छुट्टै अस्तित्व भएमा त्यसवाट हुने अपराध र अवयस्कहरु यस्ता वेवसाइटमा गएर सयर गर्नवाट रोक्न सकिने सम्भावना रहेको तथा यौनसम्वन्धी वढ्दो खुला विचार इन्टरनेटमा पनि वढीरहेको वेला आइक्यानले ठाडो रोक लगाउनुमा वढी राजनिती भएको र नियम विपरित भएको आइक्यान वोर्डकी एक सदस्य सुसान कर्फाेडको मत रहेको छ ।
तर आइक्यानले एक्कासी गरेको निर्ण्र्ााभने होइन । आइक्यानका प्रमुख कार्यकारी पल ट्वोमीले समाजप्रति गम्भीर विषयलाइ खुला व्यापार वनाएर इन्टरनेटकै अस्तित्वमा प्रश्नचिन्ह उठाउनुभन्दा कयौंपटक इन्टरनेट सम्वन्धी विशेषज्ञहरुलाइ इन्टरनेटमा र्सवाधिक लोकप्रिय व्लगमार्फ वहस चलाएका थिए । विभिन्न धार्मिक सम्प्रदाय, मनोरञ्जन उद्योग, शैक्षिक व्यक्तित्व आदिहरुले ख’लेर यसको पक्ष विपक्षमा छलफल गरेका थिए । धार्मिक समुहहरु यौनप्रधान वेग्लै डोमेनले इन्टरनेटमा छाडापनलाई खुला स्विकृति मिल्ने भन्दै गम्भीर आपत्ति जनाउँछन भने यता स्वयं यौन मनोरञ्जन सम्वन्धी वेवसाइटका विज्ञहरु छुट्टै ।हहह डोमेन छुट्टयाइएमा अन्य वेवसाइट र यौनप्रधान वेवसाइट छुट्टिएर ती साइटहरु सजिलै सरकारको आक्रमणमा पर्न सक्ने उनीहरुको तर्क छ ।र यसकारण उनीहरु नै पनि यस प्रस्तावको विरोधमा खुलेर लागेका थिए । यौनजन्य सामग्री भएका वेवसाइटहरुलाइ छुट्टै डोमेन नाम दिने पक्ष वा विपक्षमा थुप्रै छलफल तथा वहस पश्चात विज्ञहरुमा स्पष्ट मतभिन्नता र ध्रुवीकरण देखिएको थियो । सवै भन्दा रोचक कुरा त के छ भने वाँकी छलफलमा भाग लिनेहरु चाही वरु यो लागू गरिएमा आइसीएम रजिस्ट्रेशनले चै टन्नै फाइदा लिने भविष्यवाणी गर्दै थिए । यसरी डोमेन गर्दा सवै यौनजन्य वेवसाइटले दर्ता गर्दा प्रति डोमेन ५ सय डलर भन्दा वढी आइसीएम रजिस्ट्रेशनलाइ तिर्नु पर्छ ।
र् भर्खरै मात्र अमेरीकामा र्सच इन्जिनका लागि विख्यात कम्पनी गुगलले सानो आकारका यौनजन्य तस्विरहरु राख्ने वैधानिकता पाएको थियो । विस्तारै यौनलाई इन्टरनेटमा वैधानिकता दिइदै गएको अवस्थामा एकैचोटी छुट्टै डोमेन नाम दिएर सञ्चालन गर्दा अन्य सामग्री र यौनजन्य सामग्रीको घुलमिल हुने सम्भावना कम हुने तथा वयस्कहरुका लागि छुट्टै रोजाई वन्न सक्ने यसका पक्षधरहरुको मत छ ।
तर जेहोस इन्टरनेटमा सवैभन्दा वढी मात्रामा छरिएका यौनजन्य सामग्रीहरुलाई तह लगाएर छुट्टै नाममा राख्ने प्रस्तावलाइ आइक्यानले अस्विकार गरेपनि वढ्दो क्रेज र वजारको आधारमा पनि यसले गुगलले जस्तै वैधानिकता पाउने कुरामा यसका र्समथकहरु वढी आशावादी छन् । उनीहरु के पनि तर्क गर्छन् भने कुनै पनि सेवालाइ यौनजन्य सामग्री छनौटको आधारमा पक्षपाट गर्नु भनेको आइक्याको कमजोरी हो । आइसीएम रजिस्ट्रीका अध्यक्ष स्टुवार्ट लल्ाीले आइक्यानको निर्ण्र्ााा सवैभन्दा गम्भिर असहमति जनाउँदै भनेका छन् "यो निर्ण्र्ााे हामीलाइ सवैभन्दा दुखी वनाएको छ । वोर्डले यौनप्रधान सामग्री पस्किने वेवसाइटलाई नियमन गरिने कुरालाइ विलकुल वेवास्ता गरेको छ । "
नेपालको पर्रि्रक्ष्यमा यस निर्ण्र्ााे खासै असर त गर्दैन । तर भोलिको वढ्दो मोवाइल जेनेरेसनलाई भने यसले असर पार्न सक्छ । खुलेआम यौनजन्य वेवसाइटका सामग्री तथा तस्विरहरले वालवालिका तथा किशोरकिशोरीहरुलाइ यौनसम्वन्धी गलत अवधारण विकास गराइरहेको छ । कथित सूचना, मनोरञ्जन वेवसाइटको आडमा अश्लिल तस्विर तथा सामग्रीको कारोवार गर्नेहरुलाई तह लगाउन छुट्टै डोमेन दिने अवधारणा एक हदसम्म सफल हुने आशा गर्न सकिन्थ्यो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।