Sunday, January 31, 2010

पिसाब फेरेको निहुँमा फोरम कार्यालय तोडफोड

विराटनगर-घरअगाडि पिसाब फेरेको निहुँमा झगडा हुँदा विराटनगरमा गएराति मधेसी जनअधिकार फोरम मधेसको कार्यालयमा तोडफोड भएको छ । विराटनगर-१५ स्थित केशलिया मार्गमा रहेको फोरम मधेसको कार्यालयसँगै रहेको बोधनारायण गुरुङको घरअगाडि फोरमका कार्यकर्ताले पिसाब फेरेका थिए ।
घरअगाडि पिसाब नफेर्न आग्रह गर्दै सम्झाउने क्रममा फोरमका कार्यकता र घरधनी गुरुङबीच विवाद भएको थियो । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार दुई समूहबीच भनाभन भएपछि स्थानीय युवाले फोरमको कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
आगजनीबाट कार्यालयका फर्निचरमा सामान्य क्षति भएको मोरङ प्रहरीका नायब उपरीक्षक रेवती ढकालले बताउनुभयो । प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राति नै एलिस गुरुङ र मुकेश बुढाथोकीलाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।