झापा-कार्यकर्ता रिहाइको माग राख्दै जनवादी वर्कस पार्टीका कार्यकर्ताले आइतबारदेखि अनिश्चितकालिन बन्द आव्हान गरेका कारण झापा जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै जनवादी वर्कस पार्टीका कार्यकर्ताले आइतबार पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कालीझोरामा एक मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
वर्कस पार्टीका कार्यकर्ताहरुले कुचो बोकेको मे १ ख १२३० नम्बरको ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । आगजनीका कारण ट्रकमा रहेका कुचो भनेर जलेर क्षति भएको छ ।
केही दिनअघि विर्तामोडका व्यापारी दिनेश मित्तलमाथि भएको गोली प्रहारको आरोपमा पक्राउ परेका आˆना कार्यकर्ता ओम मिश्र र गोपाल थापामगरको रिहाइको माग गर्दै सो पार्टीले आइतबारदेखि अनिश्चितकालीन झापा बन्दको आहृवान गरेको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।