Tuesday, January 26, 2010

ब्रिटिश एम्बेसीको भिसा शाखा बन्द हुने

नेपालस्थित ब्रिटिश एम्बेसीले माघ महिनाको अन्तिम सातादेखि भिसा आबेदन संकलन र वितरण रोक्ने भएको छ । एम्बेसीले आज बिज्ञप्ति जारि गरी भारतको नयाँदिल्लीस्थित भिसा सेक्सनमा केहि सुधार गर्नुपर्ने भन्दै माघ २६ गतेदेखि तीन दिनका लागि भिसा आवदेन संकलन र वितरण रोकिने जनाएको छ ।
भिसा र पासर्पोट बिश्वब्यापिकरण भएको पस्थितिमा भिसा सिस्टमलाई केहि परिमार्जित र ब्यवस्थीत गर्नुपर्ने भएकाले माघ महिनाको २६ गतेदेखि २९ गतेसम्म अर्थात फेबु्रअरी ९ देखि १२ तारिकसम्म भिसा आबेदन नलिने र भिसा पनि प्रदान नगरिने विज्ञप्तिमा जनाईएको छ ।
त्यसैगरी आउँदा दिनमा बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टामात्र भिसा आवेदन लिने एम्बेसीले विज्ञप्तीमार्फत जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।