पहिरन-
लजालु स्वभावकी श्रेया पौडेल आफ्नो मुस्कानले दर्शक तान्छिन्। प्रायः क्याजुअल ड्रेसअप मनपराउने उनी पार्टीमा भने अक्सर फिसटेल आकारको गाउनमा सजिएकी हुन्छिन्। गाउन् लगाउँदा सहज महसुस हुने उनको धारणा छ। फाइबर प्रयोग गरिएको पिंक र कालो गाउन उनको कलेक्सनमा धेरै पाइन्छ। 'सबै रङ प्रयोग गरेपछि मात्र आफूलाई कुन रङ सुहाउँछ भन्ने थाहा हुन्छ,' वैजनी र कालो रङको मिश्रण मन पराउने श्रेया भन्छिन्, 'राम्रो र सहज हुने ड्रेस फुटपाथमा भेटे पनि किन्छु। बढी पैसा पर्ने असहज ड्रेसतिर म ध्यान दिन्नँ।' कहिलेकाहीँ साडी लगाउँदा उनलाई निकै असहज लाग्छ रे। त्यसमाथि हेभी साडी सम्हाल्नै अप्ठ्यारो मान्छिन्। साधारणतया फिका रङका साडी उनलाई मनपर्छ। कम टिकाउ भए पनि सस् तो मूल्यमा धेरै कपडा लगाऊँ भन्ने उनको मान्यता छ। उनको कलेक्सनमा रहेको सबभन्दा महँगो पहिरन ५ हजार रुपैयाँको छ।
एकपटक सपिङ जाँदा कम्तिमा ४ हजार रुपैयाँ साथ लैजाने उनको बानी छ।उनी सपिङ मलभन्दा विभिन्न पसलमा गएर किनमेल गर्न रुचाउँछिन्। 'एउटै ड्रेसलाई ४ हजार रुपैयाँ हाल्नुभन्दा त्यसको सट्टा ३-४ वटा ड्रेस किन्न राम्रो लाग्छ,' उनी भन्छिन्, 'लुगा फेरीफेरी लगाउन पनि पाइन्छ।'
स्वास्थ्य
५३ केजी तौलकी श्रेया स्फूर्त रहन दिनहुँ व्यायाम गर्छिन्। खानामा विशेष ध्यान दिन्छिन्। कम्तिमा दिनको ३ लिटर पानी पिउँछिन्। पानीले स्वस्थ रहन मद्दत गर्छ भन्ने उनको बुझाइ छ।
छालाको हेरचाह
फेयर-ओइली छाला भएकाले उनी प्रायः पाउडर प्रयोग गर्छिन्। छालामा विभिन्न फाउन्डेसन वा मेकअपको प्रयोग त्यति गर्दिनन्। जोनसन बेबी पाउडर उनले प्रयोग गर्ने साधारण क्रिम हो। गाजल र लिपग्लस भने कहिल्यै छुटाउँदिन। 'मैले लगाउने भनेको जोनसन बेबी पाउडर, गाजल र लिपग्लस हो,' उनी भन्छिन्, 'यीबाहेक अरू मेकअप खासै प्रयोग गर्दिनँ।
एसेसरिज
ड्रेसअप गर्दा अरूको ध्यान त्यससँग सुहाउने 'एसेसरिज'मा पनि जान्छ। कतिपय अवस्थामा सरिजले व्यक्तित्व निखार्न मुख्य भूमिका खेल्छ। श्रेया आफूलाई त्यसको सोखिन मान्दिनन्। तर पनि कानमा एयर-रिङ र औंलामा ह्वाइट नको रिङ प्रायः छुटाउँदिनन्। 'ह्वाइट स्टोन ग्रहदशा शान्त पार्न लगाएको हुँ,' कक्षा १० देखि नै उक्त औंठी लगाउन थालेको उनी बताउँछिन्। सुनभन्दा हिरा धेरै प्रयोग गर्छिन्। सुन लगाउँदा धेरै कुरामा सहजता अपनाउन गाह्रो पर्छ भन्ने उनलाई लाग्छ।
फेसन आइकन
'फेसनअनुसार चल्छु, तर आफूलाई फेसन आइकन भन्न सक्दिनँ,' स्नेहा राणालाई आफ्नो फेसन आइकन मान्ने श्रेया भन्छिन्, 'उहाँको चार्मिङ लुक्सले सबैलाई मोहित तुल्याएको छ। विवाहपछि पनि उहाँले आफ्नो शरीरलाई कसरी सम्हाल्नुभएको होला?
करिअर

साभार-नागरिक न्यूज डट कम
ramri raicha
ReplyDelete