
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको कार्यसमिति बैठकले भवनको सुरक्षाकालागि खटिएको एउटा कुकुरलाई दैनिक भत्ता दिने व्यवस्था गरेको हो । रातको समयमा भवनको सुरक्षाको लागि गस्ती गर्ने कुकुरलाई दैनिक तीस रुपैयाँ दिने व्यवस्था गरिएको उपशाखाका अध्यक्ष मानबहादुर बुढाथोकीले बताए । उनले भने- उसको खानपान, सरसफाई र उपचार शिर्षकमा खर्च गर्ने गरि दैनिक तीस रुपैयाँ दिने निर्णय भएको हो ।
शनिवार बसेको उपसमिति बैठकले उपशाखामा खटिएको कुकुरको कामको प्रशंसा समेत गरेको थियो । बुढाथोकी भन्छन्- दश दिनअघि कालो रंगको कुकुर कार्यालय परिसरमा आएको थियो । धपाउन खोज्दापनि भागेन । केही सीप नचलेपछि उसलाई यहि काम गर्ने व्यवस्था गरि भत्ता पाउने निर्णय गरिदिएका हौं । कार्यसमिती बैठकले माघ १७ गतेबाट बैधानिक रुपमा त्यो कुकुरले तलब भत्ता पाउने व्यवस्था गरिदिएको हो । तर पैसा खर्च गर्न भने केही नियम पनि बनाइएको छ । उपशाखाका सचिव लिला गुरागाईले भने- उसको दैनिक खाना, सरसफाई र उपचारमा त्यो पैसा खर्च हुने छ । नियम अनुसार कुकुरले दैनिक दुध भात खान पाउने छ । उसलाई नुहाई धुवाई गर्ने व्यवस्था हुने छ । सातामा दुइ पटक मासु भात पनि दिईने छ ।
उपशाखामा आएको कुकुरलाई पहिले त त्यहाँका कर्मचारीले पनि धपाउन खोजेका थिए । जान मान्दै नमानी अटेर गरेर बसेको थियो । रातको समयमा उसले कर्मचारी बाहेकका मानिसलाई भुकेर कार्यालयमा आउन नदिने र भगाउने गर्न थालेपछि उसको इमान्दारिताप्रति कर्मचारी पनी विश्वस्त भएका थिए । कुकुरले काम गर्ने समयावधि नतोकिएको भएपनि उस्ले राती भने र्सपदंश उपचार सेवा समेत संचालन गर्दै आएको रेडक्रस भवन र सर्पदंश उपचार सेवा केन्द्रमा पहरेदारी गर्नुपर्छ ।
yasto pani hudo raichanepal ma nepal po garev ho ta manche ta dhani po chan ta yaha
ReplyDeleteramro kura ho ne
ReplyDelete