Saturday, January 23, 2010

स्थानीय निकायको काम आज पनि ठप्प

रीता मोक्तान
सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै स्थानीय निकायका कर्मचारीहरुले गरेको आन्दोलनका कारण आज तेस्रो दिन पनि स्थानीय निकायको कामकाज ठप्प भएको छ ।
विगत केहि समयदेखि आन्दोलन थालेको स्थानीय निकाय आन्दोलन केन्द्रीय समन्वय समितिसँग पछिल्लो पटक तीन हप्ताअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै कर्मचारीहरु बिहीबारदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय निकायका कर्मचारीको आन्दोलनका कारण राजधानी सडक छेउका फोहोर पनि उठ्न सकेको छैन । पूर्व निर्धारित कार्यक्रमअनुसार स्थानीय निकाय बन्द गरिएको काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।
समितिले पुस १२ गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलन थालेको हो । स्थानीय स्वायत्तः शासन नियमावली २०५६ चौथो संशोधन गर्नुपर्ने कर्मचारीहरुको स्थायित्वको ग्यारेन्टी गरिनुपर्ने लगायतका माग समितिले राखेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।