Saturday, January 23, 2010

ब्यापारि माथि छुरा प्रहार

प्रतिक्षा वान्तावा राई
सुनसरीको इटहरीमा हिजो साँझ युवाहरुको एक समुहले छुरा प्रहार गरी एक ब्यापारीलाई गम्भिर घाईते बनाएको छ । इटहरी ८ हटिया लाइनमा ३÷४ जना युवाहरुको समुहले विरगंज घर भएका ५२ वर्षिय ब्यापारी सन्तनारायण अग्रवाललाई साँझ पौने ७ वजे छुरा प्रहार गरी गम्भिर घाईत बनाएको हो ।
छुरा प्रहारवाट गम्भिर घाईते अग्रवालको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने समुह फरार भएकोले खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ । छुरा प्रहार गर्नुको कारण समेत खुलेको छैन् ।
त्यसै गरि पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शनिश्चरेमा आज विहान नंम्बर नखुलेको एक टि्रपरको ठक्करवाट दुई जना गम्भिर घाईते भएका छन् ।
पुर्व जाँदै गरेको सो टि्रपरले विहान साँढे ५ वजे शनिश्चरे ७ मा ठक्कर दिँदा शनिश्चरे ६ का ३५ वर्षिय चन्द्र योगी र मेचिनगरनगरपालीका १ घर भई बुट्टावारीमा डेरा गरी बस्ने ३८ वर्षिय चन्द्रकुमार दियाली गम्भिर घाईते भएका छन् । घाईते दुबैको कन्चनजंघा अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । टि्रपर फरार भएकोले खोजी भइरहेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।