Thursday, February 11, 2010

अरुणपूर्व लिम्बुवानको राजधानी तेह्रथुममा हुनुपर्ने

फेदापथुम, माघ 28 । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमको प्रथम ऐतिहासिक सम्मेलन २०६६ माघ २२ २३ र २४ मा लिम्बुवानको ऐतिहासिक स्थल फेदापको मेयङलुङमा विभिन्न निर्णय र नयाँ कार्य समितिसमेत चयन गर्दै सम्पन्न भएको छ ।
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'को प्रमुख आतिथ्यमा माघ २२ गते जिल्ला सम्मेलनको उद्घाटन समारोह र २३ गते बन्द-सत्र सम्पन्न भयो ।
सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य डी. बी. आङबुङ, मञ्चका सचिवालय सदस्य तथा संघीय लिम्बुवान महिला परिषदका महासचिव अमृता थेबे मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्यहरु विसेन्द्र चेम्जोङ प्रेम थाम्सुहाङ र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य तथा संघीय महिला परिषदका अध्यक्ष शान्ता योङहाङलगायत केन्द्रीय सदस्य र जनसंगठनका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनले निम्नानुसारको ऐतिहासिक निर्णयहरु गर्दै देवनारायण सम्बाहाङफेको अध्यक्षतामा तपशील बमोजिमको २२ सदस्सीय जिल्ला कार्य समितिसमेत चयन गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।