Wednesday, February 10, 2010

"स्रष्टा र डिजिटल वार्ता" फेसबुक मार्फत विमोचन

स्रष्टा र डिजिटल वार्ता" नामक पुस्तकको बुधबार सर्वाधिक लोकप्रिय सामाजिक संजाल फेसबुकमा प्रा. डा. गोविन्दराज भट्टराईले डिजिटल्ली सार्वजनिकीकरण गर्नु भयो । वार्ताकार कृष्ण बजगाईंको २९० पेजको उक्त पुस्तकमा डायोस्पोरा र नेपालका गरी जम्मा २३ जना स्रष्टाहरुसँग अनुवाद, उत्तरआधुनिकता, डायोस्पोरा साहित्य, साइबर साहित्य तथा समकालीन साहित्यका बारेमा गरिएका डिजिटल कुराकानी समावेश गरिएको छ । नेपाली साहित्यमा यसखालको यो पहिलो पुस्तक हो ।
बिमोचित पुस्तकको बारेमा आफ्नो मन्तब्य राख्दै डा. भट्टराईले भन्नु भयो - हाम्रा कर्महरु प्रविधिमा परावलम्बी हुन थालेका छन्।
सिर्जना पनि आफैँ पूर्ण हुन छाड्यो, यसले दिने सन्देश प्रवाहित गर्न पनि प्रविधि चाहियो। त्यस्तो प्रविधिसँग मिलेर गरिएको सहकार्यले "स्रष्टा र डिजिटल वार्ता" तयार भएको छ। यसले डायास्पोरा, अनुवाद, साइबर जगत् र अनेक मार्जिनल चेतनाका विषयमा चिन्तन र अभ्यास नगरी नेपाली साहित्य अघि बढ्दैन भन्ने निष्कर्ष निकालेको छ।
उहाँले अगाडि भन्नु भयो- नेपाली साहित्यमा सर्वथा नौलो र परिवर्तन सङकेतक ज्ञानमाला हो। विश्वभरिका नेपालीलाई जोड्ने यो पुस्तक नेपाली वाङ्मयको कोसेढुङ्गा हो। यसबाट हाम्रो अतीत र वर्तमान छुट्टिन्छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रकाशित उक्त पुस्तकका सम्पादक बेल्जियम निवासी कृष्ण बजगाईं हुन् । यस अघि उनको 'यन्त्रवत्' लघुकथासंग्रह, 'हिउँको तन्ना' हाइकुसंग्रह र 'रोडम्याप' लघुकथासंग्रह प्रकाशित भैसकेको छ भने 'ग्रेटवालदेखि इफेल टावरसम्म' उहाँको प्रकाशोन्मुख नियात्रा संग्रह हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।