Tuesday, February 16, 2010

दमकमा फेरिपनि वम

नगेन्द्र राई
दमक, ३ फागुन । आफ्नो आन्दोलनका लागि चन्दा नदिएको भनेर दमक नगरपालिकाको हिमालय माहालक्ष्मी चिया वगान कंपनीमा वम राखेको तीन दिनमात्र पुग्दैछ किरात जनवादी वर्कस पार्टीले सोमवार साँझ फेरी दमक नगरपालिकाको कार्यालयमा प्रेशरकुकर वम राखेको छ ।
दमक नगरका कार्यकारी अधिकृत पशुपति खतिवडाका अनुसार आफलाई केहीदिन अघिमात्र आन्दोलनका लागि भनेर ५ लाख रुपयाँ सहयोग गर्नभनि किरात जनवादी वर्कस पार्टीका कार्यकर्ता वताउने एक व्याक्तिले अज्ञात स्थलवाट फोन गरेको वताउनुभयो । तर आफुले पाँचलाख रुपयाँ कदापी दिन नसक्ने भनेपछि यो वम राखेको आसङका गर्नुभयो ।
विवश विद्रोही पक्ष जनवादीका मेची-कोशी व्यूरो ईाचार्ज समरले अज्ञात स्थलवाट दमकका पत्रकारहरुलाई फोन गरी आफ्नो संगठनले नगरपालिकामा वम राखेको स्वीकारेका छन् । साँझ सातवजेको वेलामा राखेको वमलाई डिस्पोज गर्नकालागि नेपाली सेना आउनुपर्नेभएकाले मंगलवार विहानमात्र डिस्पोज कार्यहुन सक्ने ईलाका प्रहरी दमकले जनाएकोछ । दमक नगरपलिकाको मुलगेटमा राखिएको वमलाई प्रहरीले सुरक्षा दिईरहेकाछन् । वर्कसले यस अघि हिमालय चियावगानमा राखेको वमलाईपनि दुईदिन अघि नेपाली सेनाले डिस्पोज गराउन सफल भएका थिए ।





No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।