Tuesday, February 16, 2010

भारतीय माओवादीद्वारा भिषण आक्रमण, २१ प्रहरीको मृत्यु

एजेन्सी, काठमाडौं, ४ फागुन । भारतीय माओवादीहरुले पश्चिम वगालको मिदनापुर जिल्लामा रहेको अर्धसैनिक वलको शिविरमाथि गरेको आक्रमणमा परी मर्ने सुरक्षाकर्मीको संख्या २१ पुगेको छ । सो शिविरवाट माओवादीहरुले एके ४७ लगायतका सबै हतियारहरु समेत कव्जा गरेको प्रहरीले जनाएको छ ।
सो शिविर कव्जामा लिएपछि माओवादीले क्याम्पलाई आगो लगाएर ध्वस्त वनाईदिएका छन् । माओवादी आक्रमणवाट १० जना घाइते भएका छन भने १ दर्जन प्रहरी अझै सम्पर्कमा नआएको पनि प्रहरीले जनाएको छ। यसै गरी गएराति नै सिंहभुमि स्थित धर्मपुरमा रहेको भारतीय सुरक्षा फौज सिआरपिएएको एक शिविरमा पनि माओबादीले आक्रमण गरेको छ ।
माओवादी नियन्त्रणका लागि भारत सरकारले ल्याएको सुरक्षा अभियान गि्रन हन्ट अभियान शुरु भएपछि माओवादीले गरेको यो सवै भन्दा ठुलो आक्रमण हो । माओवादी प्रवक्ता किशुनले यस आक्रमणलाई गृहमन्त्री पि चिदम्वरमको ग्रीन हंट नामक अप्रेशनको जवाफ भएको टिप्पणी गर्दै यस आक्रमणलाई पिस हंट नाम दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।