Thursday, February 25, 2010

नेपाल पत्रकार महासंधको साधारणसभा सुरु

नेपालगाज, फागुन १३ । नेपाल पत्रकार महासंघको केन्द्रिय साधारणसभा आजदेखि नेपालगंजमा शुरु भएको छ । भौतीक तथा ब्यबसायीक सुरक्षाका लागि पत्रकार एकता नया संबिधानमा पुर्ण प्रेस स्वतन्त्रता भन्ने नाराका साथ नेपालगंजको भेरी प्राबिधीक शिक्षालयमा एक समोराहकाबीच राष्ट्रपति डा।रामबरण यादबले सभाको उदघाट्न गर्नु भयो । उद्घाटनपछि सवोधन गर्दे राष्ट्रपति डा। रामवरण यादवले सम्पुर्ण समस्याको समाधान लोकतान्त्रिक विधिवाट गर्नु पर्ने वताउनु भएको छ ।
राष्ट्रपति यादवले शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउदै समयमानै नयाँ सविधान निमार्ण गर्नु जरुरी रहेको वताउनु भयो । त्यसका लागि दलहरुका वीचमा राष्ट्रिय सहमति आवस्यक रहेकोमा जोड दिनु भयो ।
उहाँले हामी विभिन्न जातिका हुंदा हुदै पनि सवै भन्दा पहिले नेपाली भएको भन्दै जातिय सद्भाव आवस्यक रहेकेा वताउनु भयो । उहाँले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समेत वलियो नहुने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा सभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङ एमाले अध्यक्ष झलनाथ खनाल काग्रेस कार्यबाहक सभापति शुसिल कोईराला एकिकृत नेकपा माओबादीका प्रबक्ता दिनानाथ शर्मा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब लगायतका नेताहरु पनि उपस्थित हुनु भएको थियो ।
आज उद्घाटन पछि हुने वन्द शत्रमा महासघका महासचिव पोषण केसीले सागठनिक प्रतिवेदन पेश गर्नु हुने छ । सम्मेलन भोली सम्म चल्ने छ । यसैवीच राष्ट्रपति जाने क्रममा कार्यक्रम स्थलमा विभिन्न ठाउमा चेकिङ गर्ने क्रममा अपमानित भएको पत्रकारहरुले विरोध जनाएका छन् ।
सहभागी पत्रकारहरुलाई खानतलासी गर्ने जस्ता कि्रयाकलाप भएको भन्दै विरोध भएपछि महासघ सभापति धर्मेन्द्र झाको आग्रहपछि चेकजाच रोकिएको हाम्रा सवाददाताले जनाएका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।