१३ फागुन । व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिले भौतिक मन्त्रालयलाई काठमाण्डांै र तराईलाई जोड्ने फाष्ट ट्रयाक एवं हुलाकी राजमार्ग निमार्णको सम्वन्धमा कार्यतालिका वनाएर पेश गर्न निर्देशन दिएको छ ।
समितिको आजको वैठकले सडकको अवस्था र भईरहेका काम कार्वाहीवारे सम्वन्धित जिल्लाका सभासद् र सम्वन्धित जिल्ला विकास समिति बीचमा सयुक्त छलफल गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । सडक निमार्णको कामको वारेमा विवरणहरु पेश गरीरहन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । आजको वैठकमा भौतिक योजना मन्त्री विजयकुमार गच्छेदारलाई वोलाईएको भएपनि उहा उपस्थित हुनु भएन ।
वैठकमा उपस्थित अर्थ मन्त्री सुरेन्द्र पाण्डले सरकारले फाष्ट ट्रयाक निमार्णलाई प्राथमिकता दिएको वताउनु भयो ।
मन्त्री पाण्डेले सो योजना निमार्णका लागि अर्थमन्त्रालयले पैसा उपलव्ध गराईरहेको पनि जानकारी दिनु भयो । पैसा दिईएपनि अन्य मन्त्रालयहरुले खर्च गर्न नसकेको पनि उहाले गुनासो गर्नु भएको थियो ।
आजको वैठकमा सभासद्हरुले अर्थमन्त्रालय र भौतिक योजना तथा निमार्ण मन्त्रालयका सचिवहरुलाई योजना वनाएर अलपत्र पार्ने काम नगर्न सुझाव दिएका थिए । वैठकमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पुर्ण कडरियाले १४ सय किलो मिटर कॄषि सडक निमार्ण गर्ने लक्ष्य राखेपनि हाल १ सय किलो मिटर मात्र सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।