,इलाम, २४ माघ । अरुण पूर्वका नौ जिल्ला लिम्बूवान राज्य हुनुपर्ने माग गर्दै संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) ले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित भएको छ ।
संविधानसभामा प्रस्तावित १४ प्रदेशप्रति असहमति जनाउँदै बन्द आह्वान गरिएको केन्द्रीय अध्यक्ष मिसेकहाङ थाम्सुहाङले बताउनुभयो । लिम्बूवान टुक्राउन नदिने भन्दै उहाँले लिम्बूवानी भावनामाथि कसैले खेलवाड गरे प्रतिकार गर्ने चेतावनी दिनुभयो ।
बन्दका कारण प्रेस, एम्वुलेन्स, दमकल, विवाहलगायत अत्यावश्यक बाहेक अन्य गाडी सडकमा गुडेका छैनन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।