विराटनगर, २४ माघ । अपहरण गर्न आएका सशस्त्र समुहका एक युवकलाई प्रहरीले सिराहाको विध्यानगरबाट आइतबार हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढी २ का २२ वषिर्य पुरन ठाकुर रहेका छन् ।
विध्यानगर १ का गंगा यादवलाई विहान साँढे १ वजे १०/१२ जनाको हतियारधारी समुहले अपहरण गर्न खोज्ने क्रममा प्रहरीले ठाकुरलाई पक्राउ गरेको थियो । अपहरण गर्न आएको थाहा पाएपछि पुगेको प्रहरी टोलीलले ठाकुरलाई घटनास्थलवाटै एक थान नाईन एम एमको पेस्तोल, दुईवटा म्यागजिन र त्यसमा लाग्ने ५ राउण्ड गोली सहित पक्राउ गरेको जनाएको छ । प्रहरी टोली पुग्ना साथ यादवलाई छोडी अन्य सशस्त्र समुहहरु भने फरार भएका र तिनिहरुको प्रहरीले खोजी गरीरहेको जनाईएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।