नगेन्द्र राई
दमक, २३ माघ । झापाका आदिवासी जनजाति नेताहरुले अवको नेपलको नयाँ संविधानमा आदिवासी जनजातिका सबै अधिकारहरु नसमेटे मुलुकमा जातीय युद्ध सुरु हुने कताएका छन् ।
शनिबार झापाको लखनपुर स्थित मंगलबारे बजारमा आयोजित आदिवासी जनजाति वृहत आमसभालाई सम्वोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष प्रेम घिसिङ तामाङले अवको संविधानमा पनि नेपालका आदिवासी जनजातिहरुको मौलिक अधिकारहरु नआँट्नु भनेको मुलुकमा जातीय लडाँइ सुरु हुनु वताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै ताजपुरिया समाज कल्याण परिषदका केन्द्रिय अध्यक्ष तथा जनजाति महासंघका पूर्व विदेश सचिव नित्यानन्द ताजपुरियाले आदिवासी जनजातिहरु वीचका झिना मसिना असहमतिहरुलाई छाडेर समग्र जातीय अधिकार प्राप्तिका लागि एकजुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी पूर्वााचल संयोजक सुमित्रा वाङ्देल राईले आदिवासी महिलाहरुले आफ्नो अधिकार प्राप्तिी गर्नका लागि आफ्नो घर र टोलवाटनै जागरण अभियान ल्याउनुपर्ने वताउनुभयो । महासंघ झापाका सचिव शम्भू थापा मगर तामाङ घेदुङका प्रतिमान तामाङ किरात याक्खा छुम्मा झापाका अध्यक्ष हरिलाल देवान किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य धिरेन लावती किरात राई यायोक्खाका झापा सहसचिव दिपेन बाला राई लगायतले आदिवासी जनजाति एकता तथा एकात्मक राज्यसत्ता अन्त्यका लागि वृहत जातीय आन्दोलनको आवश्यकताबारे जोड दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ लखनपुर गाउँ परिषदको आयोजनमा सम्पन्न आमसभाको अध्यक्षता परिषदका अध्यक्ष जय मोक्तान तामाङले गरेका थिए भने साचालन सचिव नगेन्द्र आङदेम्बेले गरेका थिए । आमसभामा विभिनन जातीय झाँकी तथा नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।