दमक, माघ २९ । झापाको विर्तामोडमा हुने नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज झापाको दोस्रो जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला भरीका सय वढि प्रतिनिधि र पर्यवेक्षकले सहभागित जनाउने आदिवासी जनजाति साचारकर्मीहरुको स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माले गर्नु हुने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।
अनिज झापाको शुक्रवार विर्तामोडमा सम्पन्न बैठकले संघद्वारा झापाका अग्रज पत्रकार स्वर्गीय डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापित ुडिकमान सुनुवारविरही स्मृति पत्रकारिता पुरस्कारुको राशी यस वर्षका लागि सात हजार सात सय ७७ रुपैयाँ राखिएको र निरन्तर वृद्धि गर्दै जाने समेत निर्णय गरेको छ । पुरस्कार यस वर्ष कसलाई दिने भन्ने बारे भने आगामी २८ गते सम्ममा निर्णय भइसक्ने अनिज झापा जिल्ला अधिबेशन समितिका संयोजक रमेश समदर्शी राईले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।