Saturday, February 27, 2010

होली विषेश पालो गजलको

इन्द्र नारथुङे
पूर्वमा बज्दा मादल पश्चिमले गाउनु पर्छ
मदेशमा होली खेल्न पहाड उधो धाउनु पर्छ


लाखे नाच्न नेवार दाजु कर्णली पुगे पछी
देउडा नाच्न डोल्पाली कान्तिपुरी आउनु पर्छ


सोरठी र घाटु घुम्दै किरातभूमि पसे पछी
साकेलामा सिली नाच्न उसले पन...ि पाउनु पर्छ

शेर्पा दाइ तराई झर्दा धोती गन्जी लाएकै हुन्
हिमाल पुग्दा मदेशीले पनि बख्खु लाउनु पर्छ


यिनै कुरा लुकेको छ संघियताको अर्थ भित्र
एक अर्कामा निषेध हैन सबै मनपराउनु पर्छअरू हेर्नुहोस्
स्रोत सृजना र स्वरहरु

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।