सुर्खेत १६ फागुन । नेकपा एमालेको लडाकु दस्ता युथफोस्रले सुर्खेतको बोटेचौर बजारमा गएराती एक जना वाईसियल कार्यकर्ताको हत्या गरेको छ ।
एकिकृत नेकपा माओवादी सुर्खेत क्षेत्र नं। २ ले दिएको जानकारी अनुसार युथफोस्रका कार्यकर्ताको एक समुहले खुकुरी प्रहारबाट वाइसीयल कार्यकर्ता मैनतडा २ निवासी आशाराम बिकको हत्या गरेको छ भने स्थानीय शिक्षक हिराबहादुर बिक घाइते भएका छन् ।
सहारे सिमघाटका शिक्षक हिरा बिकलाई मैनतडाबाट घर सम्म छोड्न गएको बेला युथफॊस्रका कार्यकर्ताले बोटेचौर बजारमा उनीहरुमाथी आक्रमण गरेका थिए । युथफोस्रका स्थानीय कार्यकर्ता सहारे ८ निवासी चोकेन्द्र थापा विरु केसी दलबहादुर घर्ती कोहलपुर निवासी जनक बुढा र कल्याणबहादुर केसीको संलग्नतामा विकको हत्या गरिएको प्रहरी श्रोतले जनाएको छ ।
यसैबीच आपुना कार्यकर्ता हत्याको विरोधमा एकीकृत नेकपा माओबादीले आज विहानैदेखि सुर्खेतको छिन्चु - जाजरकोट सडकखण्ड बन्द गरेको छ । हत्यारामाथी कारबाहि र मृतकका परिवारलाई क्षतिपुर्तिको माग गर्दै माओबादी कार्यकर्ताहरुले विहानैदेखि सुर्खेतमा प्रदर्शन गरिरहेका छन् ।
उता युथफोस्रले भने वाइसिएल कार्यकर्ताले आक्रमण गरेपछि आफुहरुले त्यसको प्रतिकार गर्दा विकको मृत्यु भएको जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।