प्रतिक्षा वान्तावा
धरान, फल्गुन १६ ।सुनसरीको बराहाक्षेत्र २ स्थित जोर खम्वामा आज बिहान माटो खन्न गएकी एक महिलाको माटोको ढिस्कोले पुरीएर ज्यान गएको छ । ढिस्केाले पुरीएर अन्य दुइ जना महिला घाइते भएका छन् । माटो खन्न गएकी बराहक्षेत्र ३ की ४० बर्षिय सीता रम्तेलको माटोको ढिस्कोले पुरीएर घटना स्थालमै ज्यान गएको प्रंहरीले जनाएको छ ।
माटोको ढिस्कोले पुरीएर स्थानीय अनिता राई र फुलमाया राई गम्भिर घाइते भएका छन् । उनीहरुलाई गाउँलेले उद्दार गरी उपचारको लागि अहिले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरान ल्याइएको छ ।
कास्कीको पुरन्चौर गाविसमा आज माटो खन्न गएका तीन जना महिलाको माटोको ढिस्कोले पुरीएर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पुरन्चौरकी ३९ वर्षिया गोमा अधिकारी ४० बर्षीया मनमाया नेपाली र ३६ बर्षीया गिता विक रहेका छन् ।
उता रामेछापमा पनि माटो खन्न गएको समयमा ढिस्कोले पुरेर आज विहान एक महिलाको मृत्यू भएको छ । बेताली-५ की रत्नकुमारी वस्नेतले खाडल भित्र माटो खन्दै गर्दा माथिवाट ढिस्को खसेर पुर्दा उनको घटनास्थलमै मृत्यू भएको जनाइएको छ ।
Sunday, February 28, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।