नौ जिल्ला लिम्बुवान प्राप्तिको लागि निर्णायक आन्दोलनको घोषणा हुने

२०६६ फागुन १६ १७ र १८ गरी तीन दिनसम्म चल्ने यस विस्तारित बैठकले लिम्बुवानको आजसम्मको आन्दोलनलाई सूक्ष्मरुपमा समीक्षा गर्दै विशेषतः लिम्बुवानका अभिन्न ऐतिहासिक भूभागहरु झापा मोरङ् सुनसरी धनकुटा र सङ्खुवासभाका पूरै भूभागहरुलाई लिम्बुवान स्वायत्त राज्यभित्रै पर्ने गरी अब बन्ने संविधानमै सुनिश्चित गर्ने गरी महत्वपूर्ण र निर्णायक आन्दोलनबारे विशॆष छलफल गरी सो निर्णायक आन्दोलनको घोषणा गर्नेछ ।
लिम्बुवानका नौवटै जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत प्रतिनिधित्व रहेको यस विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि माचका अध्यक्ष तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन 'मिराक' बाट गरिएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।