एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले निर्धारित समयमा जनपक्षीय संविधान नबने माओवादीले विद्रोहमार्पुत् सत्ताकब्जा गर्ने बताउनुभएको छ । उहाँले नयाँ संविधानमार्पुत् जनतालाई अधिकारसम्पन्न बनाउने दावी पनि गर्नुभएको छ । जनताले तिरस्कार गरेकाहरुबाट देश चलाउने अवस्था सदाका लागि अन्त्य गर्न विद्रोह आवश्यक भएको सचिव गजुरेलको तर्क थियो । उहाँले माओवादीले साँचो अर्थमै सत्ता कब्जा गर्न चाहेको बताउनुभयो । कोचिला राज्यमा माओवादीद्वारा साचालित दुई महिने ुसंगठन संघर्ष र रुपान्तरणु अभियान समापनका लागि बुधबार कटहरीमा आयोजित सभामा बोल्दै सचिव गजुरेलले माओवादीले सत्ताकब्जा गर्ने विरोधीहरुको भनाइ आरोप नभई यथार्थ भएको बताउनुभयो ।
जनयुद्धमार्पुत् सुरु गरेको क्रान्ति पूरा गर्न नदिन विभिन्न प्रकारका षड्यन्त्र भइरहेको भन्दै नेता गजुरेलले जनताको मुक्ति नभएसम्म आन्दोलनलाई जारी राख्ने दोहोर् याउनुभयो । जनपक्षीय संविधान निर्माण गर्न नदिन संविधानसभा विघटन गर्ने योजना बनिरहेको उहाँको आरोप थियो । उहाँले यस्तो षड्यन्त्र भए क्यान्टोन्मेन्टमा राखिएका हतियार फेरि प्रयोग हुनसक्ने चेतावनी पनि दिनुभयो । उहाँले झापा मोरङ र सुनसरीमा साचालन भएको संगठन र संघर्षका कार्यक्रमबाट पार्टीले यस क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको भन्दै आगामी विद्रोहका लागि तयार रहन निर्देशन पनि दिनुभएको छ । माओवादीले भारतीय जनता र भारतका क्रान्तिकारीहरुको सहकार्यमा विद्रोहलाई अन्तिम रुप दिने सचिव गजुरेलको भनाइ थियो । उहाँले माओवादीले राष्ट्रियताका लागि सुरु गरेको आन्दोलन भारतीय विस्तारवादको विरुद्धमा लक्षित रहेको भन्दै भारतीय जनताप्रति कुनै प्रकारको विद्वेष नरहेको बताउनुभयो । अन्तिम क्रान्तिको वातावरण बन्दै गएकोले श्रीपेच लगाउने राजा हटाउनसक्ने माओवादी टोपी लगाउने राजाको अगाडि नझुक्ने उहाँको भनाइ थियो ।
माओवादीले अभियानका क्रममा मोरङमा दुई हजारभन्दा बढी संगठन निर्माण गरी ५० हजार व्यक्तिलाई पार्टी र जनवर्गीय संगठनमा आवद्ध गराएको जनाएको छ । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य गंगा श्रेष्ठ मधेशी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षद्वय शिवकुमार मण्डल र रामकुमार शर्मालगायतका नेताले बोल्नुभएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।