अढाई सय बर्ष पुरानो ढुङ्गाको भारी
बोकेर उभिरहयो ठिङ्गै
बिसाउनिमा आईपुगेपछि
भारीको सँस्करण फेरिएको छ
यो अब सङ्घियताको भारी हो
छँदैछ पिठ्युँमा
गरुङ्गो भारी ईतिहास्-फलामको
समयसङ्गै पिठ्युँमा घोप्टिने भारीहरु
सबै बोक्नुपरेको छ देश बहादुरले
छोटा र खुकुला
छोटा र खुकुला
पाखुरी र कुर्कुच्चाहरु
जिवनमा पहिलो पल्ट
भारी बिसाएको अनुभव छ उ सँग
त्यै भारी घरी घरी हेर्दै उ
टोल्हाइरहेछ
उ चाहान्छ- यस्तो भारी अब कहिल्यै बोक्न नपरोस
र जिवनमा पहिल्यै पल्ट
भारी बिसाए लगत्तै
अजङ्गको भारी उठाउनुपरेको छ उसले
-नयाँ भारी
असुरक्षित झरिले निरन्तर भिजिरहनु
यसको सँस्कार हो
दिनहुँ गरुङ्गो बन्दै जानु बिशेश्ता हो
यो भारी बोकेर देश बहादुरले
कोशीमा बाँसको धराप पुल भएर
लोड्सेडिङमा हिड्नुपरेको छ
देश बहादुर आफै
जिउ भरी बर्ड फ्लुका भाइरस बोकेर
हिड्ने भरीया हो
उ आफै
भारी जिउ भएको भरीया हो
२०६५ माघ २७
तरहरा, सुनसरी
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।