Monday, February 22, 2010

प्रहरी अपरेसन निरन्तर

धरान फगुन ११ । सुरक्षाका दृष्टिले प्रहरीको टाउको दुखाइको विषय बनेको रिकोभरिङ समूहले पूर्वी नेपालका विभिन्न जिल्लामा मच्चाउँदै आएको आतङ्कलाई नियन्त्रण garna  प्रहरीले धरान क्षेत्रमा अपरेसन सुरु गरेको छ ।
प्रणय दिवसका दिन धरानमा एक युवतीलाई फूल दिएको विषयमा बढेको विवादले उग्ररुप लिँदै प्रहरी कार्यालयमा समेत आक्रमणको घटना भएपछि धरानमा बढ्दो असुरक्षालाई नियन्त्रणमा लिन प्रहरीले संयुक्त प्रहरी अपरेसन सुरु गरेको हो ।
यस क्रममा प्रहरीले दुई दर्जन आपराधिककार्यमा संलग्नलाई नियन्त्रणमा लिई सार्वजनिक अपराधअन्तर्गत कानुनी कारबाही सुरु गरेको छ भने दुई दर्जनभन्दा बढीलाई उच्च खोजीको सूचीमा राखेको प्रहरी वरिष्ठ उपरीक्षक मिङमार लामाले जानकारी दिनुभयो । पूर्व दुर्व्यसनीको साफा संस्था रिकोभरिङ समूहमा आबद्ध युवाले पूर्वी सुनसरी, धनकुटा, मोरङ, झापालगायतका जिल्लामा रिकोभरिङको आतङ्कले सीमा नाघेकाले अपरेसन थालिएको पनि प्रवउ लामाले बताउनुभयो । देशको ६३ जिल्लामा सङ्गठितरुपमा रहेको रिकोभरिङ समूहका युवाले भने समाजमा पुनः स्थापित हुने तयारीमा रहेका युवालाई हतोत्साहित पार्न प्रहरीले यस्तो अपरेसन सुरु गरेको र यसले विस्फोटक स्थिति निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
पूर्व दुर्व्यसनीहरुको सामूहिक सङ्गठन रिकोभरिङ समूहले आफूहरुलाई सम्मानित भएर समाजमा पेसा-व्यवसाय सञ्चालनमा बाधा-व्यवधान सिर्जना गरिए आफूहरुले पनि भण्डाफोर अभियान चलाउने, राजनीतिक दल र प्रशासनका मानिसको नियतसमेत सार्वजनिक गरिदिने धम्कीपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।
प्रहरीले विभिन्न जिल्लामा हुने टेन्डर आहृवानमा परिचालित हुने र दङ्गाफसाद गर्ने गिरोहका रुपमा रहेको रिकोभरिङ समूह नै असुरक्षा सिर्जना गर्ने मुख्य आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उनीहरुमाथि नियन्त्रण जरुरी रहेको भन्दै अपरेसनलाई जारी राखिने प्रवउ लामाले उल्लेख गर्नुभयो । रिकोभरिङ समूहले भने आफूहरुले एकीकृत नेकपा -माओवादीए निकट वाईसीएल र नेकपा -एमाले) युथफोर्स तथा लिम्बुवानले नजायजरुपमा उठाउने चन्दाआतङ्क रोक्नका लागि गरेको अभियान देख्न नसकेर हामीलाई हतोत्साहित पार्ने काम भएको आरोप लगाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।