डम्मर सिङ्गक
बिभिन्न " Address Limbuwan's full autonomy, East of Arun river is the Limbuwan territorry, लिम्बुवानको ऐतिहासिक सिमानालाई अतिक्रमण गर्न पाइदैन, लिम्बुवान बासीको चाहानालाई कदर् गर्नैपर्छ, वर्तमान नौ जिल्लाको लिम्बुवान हुनैपर्छ, वर्तमान नौ जिल्ला लिम्बुवानको ऐतिहासिक भूमी हो, लिम्बुवानको ऐतिहासिक सिमाङकनलाई अतिक्रमण गर्न पाइदैन, भन्ने जस्ता नाराहरु लेखिएका बेनरहरु प्रदर्शन गरिएका थिए । सो प्रदर्शन central london को नेपाल एम्बासिमा पस्ने मुख्य ढोका भएको south kensington church road मा भएको थियो । प्रदर्शनकारीहरुको शुरक्षा तथा यातायात कन्ट्रोलको लागि मेट्रोपोल लन्डनबाट प्रहरीहरु खटिएर आइ कार्यक्रम अवधिभरी साथ दिएका थिए ।
सम्पूर्ण लिम्बुवानबासी एकजुट हौँ । २६ फेब्रुअरीमा नेपाली दुताबास जाउँ नारा दिइएको थियो । प्रदर्शन कार्यक्रममा लिम्बुवानको ऐतिहासिक सिमाना अतिक्रमन गरेको बिरोध गर्दै लेखिएको बिभिन्न बोर्डहरु, प्रतेक जिल्ला का ब्यानरहरु र लिम्बुवान स्वयत्त नागरिक एकता समाज बेलायत को ब्यानर देखाइएको थियो ।
यसै प्रदर्शन कार्यक्रममा सल्लाहकार श्री बिष्णु यक्सो ले लिम्बुवान को इतिहास हेर्दा लिम्बुवान एक बिसिस्ट स्वयत्त राज्य हुनु पर्नेमा उल्टा सिमना कटाउने काम भएको कुरा प्रस्ट गर्नुभयो । अरु बक्ता हरुमा श्री लोकेन्द्र तबेबुङ लिम्बु, साथै एसै सस्था का उपाध्यक्षहरु क्रमैले दिल सङ्बाहाम्फे र निर्मल पताङ्वाहरुले अफ्नो मन्तब्य दिदै राज्यको पुनर्सम्रचना समितिले १४ प्रदेश को खाकामा लिम्बुवान को ऐतिहासिक सिमाङ्कनलाई अतिक्रमण गरेकोमा घोर बिरोध गर्दै बर्तमान को नौ जिल्ला लिम्बुवान राज्यभित्र हुनैपर्छ भन्नु भयो ।
बक्तब्य कार्यक्रम को अन्त्यमा अदक्छ्य श्री प्रसाद थेबेले एघार बर्ष को जन युद्ध पछी को उन्नाइस दिने जनान्दोलन मार्फत जनताले ब्यक्त गरेको अभिमत नै पूर्ण सङ्घात्मक लोकतान्त्रीक गणतन्त्रात्मक राज्यब्याबस्था को निर्माण हो भन्नु भयो । लोकतान्त्रीक मुल्यर मन्ययता को कदर गर्दै राज्यको पुनर्सम्रचना गरिदापनी लिम्बुवान को ऐतिहासिक सिमना लाई कयमै रखिनु पर्ने लिम्बुवान बासी जनताको मागलाई ध्यानमा रखेर साथै यही मगलाई मुर्तरुप दिइयोस भन्दै लिम्बुवान मा भैरहेको बलिदानीपूर्ण आन्दोलनको मर्म बुझेर अरुण, कोशी नदिको पूर्व, मेची नदिको पश्चिम, तिब्बत को दक्छिन र भारत को उत्तर भित्रको सुन्सरी, मोरङ्ग, झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेरथुम र धनकुटा जम्मा नौ जिल्ला हरु को छेत्रलाई ऐतिहसिक जातियता तथा भासिक र सास्कृतिक आधार मा लिम्बुवान भनेर सिमाङ्कन र नामाङ्कन गरिनु पर्छ भन्दै ज्ञापन पत्र को पुरै मग हरु पाढेर सुनाउनु भएको थियो ।
अध्यक्ष थेबेले सम्बिधान निर्माणको कार्यमा डिला सुस्ती भैरहेकोले सम्बिधाननै पो नबन्लाकी भनि आसङ्का ब्यक्त गर्नु बयो । वहाँको भनाइ थियो --सङ्घात्मक लोकतान्त्रिक गणतान्त्रिक सम्बिधान समयमै बन्नु पर्छ , मुद्रा पररास्ट्र र सेना सम्बन्धि अधिकार केन्द्रमा राखेर अरु सबै अधिकार स्वायत्त राज्यहरुलाई दिनुपर्छ,मेची -कोशीको नौ जिल्ला लिम्बुवानको ऐतिहासिक बिरासत हो, अरुण नदी लिम्बुवान र खम्बुवानको ऐतिहासिक सिमाना हो सङ्खुवसभा जिल्ला लिम्बुवानको अभिन्न अङ्ग भएकोले यसलाई लिम्बुवानबाट छुट्याउन पाइदैन यस्मा हाम्रो घोर बिरोध छ । थेबेले अगाडी भन्नुभयो- सुन्सरि, मोरङ र झापा तीन जिल्लाहरु सातौ शताब्दिदेखी लिम्बुवान भएर आएका हुन । यहाँका प्रथम आदिबासीहरु लिम्बुनै थिए, पहाड तिर गएका लिम्बु भए भने तराईमा बस्नेजति धिमाल राजबङ्सी भएकाहुन । यस्कारण ऐतिहासिक आधार्, भाषिक आधार र साँस्कृतिक आधारमा यी तीन जिल्लाहरु लिम्बुवान को अभिन्न भाग भएकोले लिम्बुवानमै गाभिनुपर्छ छुट्याइएको खन्डमा आन्दोलनले उग्ररुप लिनेछ भन्नुभयो।
प्रदर्शन को अन्त्य तिर अध्यक्ष श्री प्रसाद थेबे लगायत श्री बिष्णु यक्सो, दिल्कुमार सन्बाहाम्फे, निर्मल पताङ्वा र डम्मर सिङक गरी ५ जना को एक टोली दुताबास अफिसमा गएर अध्यक्ष थेबेले सम्माननिय सम्बिधान सभाध्यक्षलाई लेखेको ग्यापन पत्र पढेर सुनाइवरी महामहिम राजदुत डाक्टर सुरेशचन्द्र चालिसेज्युलाई हस्तान्तरण गर्नुभएको थियो । आफ्नो क्षेत्र को लागि मागहरु रखेर राम्रो गर्नु भयो भन्दै राज दुत ज्यु ले चिया का साथ् स्वागत गर्दै भन्नु भयो ग्यापन पत्र तुरुन्तै पुग्ने उहा ले आश्वासअन दिये पछी हाम्रो तोली दुताबास बाट बिद भयो
बाहिर सडकको प्रदर्शन कार्यक्रम सकेर सबै सम्मिलित डेलिगेसन दुताबासमा गएर ग्यापन पत्र बुझाउने कार्यक्रम थियो तर दुताबासले सबैलाई भित्र पस्न दिएन ५ जनालाई मात्र पत्र बुझाउन भित्र जाने अनुमती दिएकोले भित्र जान नपाउनेहरुबाट दुताबासको व्यबहार प्रति धेरै गुनासो प्रकट भएकोछ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।