Monday, March 1, 2010

बजनसेनाको प्रशिक्षण सुरु

चितवन, १७ फागुन । अनमिनको मापदण्डमा नपरेका माओवादी जनसेनाको विदाई पछि एकीकृत नेकपा माओवादीले पहिलो पटक आज जनसेनालाई प्रशिक्षण आयोजना गरेको छ । चितवनको शक्तिखोरस्थित जनमुक्ति सेना नेपालको तेस्रो डिभिजन मुख्यालयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसहितका नेताहरुले प्रशिक्षण दिनु भएको हो ।
एक दिने प्रशिक्षण कार्यक्रममा सातवटै डिभिजनका बटालिएन सहकमाण्डर भन्दा माथिका कमाण्डरहरु सहभागी रहेको डिभिजनका प्रवक्ता कुबेरले जानकारी दिनुभयो ।
जनमुक्तिसेनालाई प्रशिक्षण दिन अध्यक्ष प्रचण्डका साथै महासचिव रामबहादुर थापा ुबादलु माओवादी नेताहरु बर्षमान पुन ुअनन्तु नेत्रविक्रम चन्द ुविप्लवु जनार्दन शर्मा ुप्रभाकरुलगायतका नेताहरु विहान चितवन पुग्नु भएको हो । माओवादी नेताहरुलाई जनसेनाले भब्य स्वागत गरेका थिए ।  प्रशिक्षणमा अनमिनको मापदण्डमा नपरेका जनसेनाको विदाईको समिक्षा सेना समायोजन जनसेनाको तलबभत्ता लगायत विषयमा माओवादी नेताहरुले जनसेनालाई प्रशिक्षण दिएको बुझिएको छ ।
यसअघि प्रचण्डले जनसेनालाई दिएको गोप्य प्रशिक्षणको भिडियो सार्बजनिक भएपछि माओवादीले थुप्रै आलोचना खेप्नु परेको थियो । माओवादी हालै भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा आफ्ना ४५ सय बढी राज्यसमिति स्तरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।