नेन्द्र राई
दमक १७ चैत । झापाको सुन्दर नगरी दमकको भित्रि सडकहरु नयाँवर्ष २०६७ को सुरु महिना सँगै पिचैपिच भएर धुलो मुक्त नगरी हुने भएको छ । दमक नगर पलिका र स्थानिय उपभोक्ता समुहको संयूझ लगानिमा दमक नगरपलिका भित्र रहेको ७ वटा खण्ड व्यस्त सडकहरु वन्ने क्रम तिव्र भएपछि आगामी असार मसान्त भित्र निर्माण कार्य सम्पन्न भई दमक धुलो मुक्त सडक हुदैछ । दमक नगरपलिकाको जगेडा कोष र स्थानिय उपभोक्ताको संयूक्त ३ करोड ७५ लाख लगानिमा सम्पन्न गर्ने योजना लिएको सडको कुल लम्वाई ५।५ किलोमिटर लम्वाई छ । सडकको दुवै किनारामा ड्रेन समेत निर्माहुने यसको निर्माण कार्य थानारोड खण्ड निर्माण सुरु भएको छ ।
४० मिलीमिटर मोटो पिचको लाईफ ३ वर्ष भएको थानारोड उपभोक्ता समितिका कोषाध्यक्ष नन्दी अधिकारीले वताउनु भएको छ । उहाले ३ वर्षपछि मर्मत गरेर दशकौं सम्म साचालनमा ल्याउन सकिने सडकमा १० टन क्षमता भन्दा वढि भार भएको सवारीसाधनको प्रवेशमा रोक लगाए धेरै समय सम्म सडक मर्मत गर्नु नपर्ने हुन्छ भन्नुभयो ।
क्रमशः पिच हुने सडक हरुमा वसपार्क हनुमान मंदिर सडक खण्ड ५४८ मिटर पशुपति मार्ग ७०० मिटर फाल्गुनन्द चौक हनुमान मंदिर खण्ड ८०० मिटर सेतुमारी मार्ग ५५१ मार्ग भृकुटी मार्ग ६८० र संगम चौक देखि फाल्गुनन्द चौक खण्डको १३०० मिटर सडक खण्डहरु निर्मा हुनेछन् । यसैवर्ष भित्र पिच कार्य सम्पन्न गर्ने लक्ष राखेको भएपनि पिच वनाउने आवस्यक सामाग्री र जनशक्तिको अभावका कारण आ। व। ६५ ६६को अन्त्यमा मात्र सम्पन्न हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले वताउनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।