कमन देवान
दमक २ चैत्र । पश्चिम झापाको दमक स्थित हंसदुम्से सामुदायिक वन क्षेत्रमा आइतबार राती डढेलो लाग्दा करिव सात हेक्टर क्षेत्रफलमा फैलिएको वन नष्ट भएको छ ।
सशस्त्र प्रहरी वल पाथीभरा गणका गणपति गणेश ठाडा मगरले दिनु भएको जानकारी अनुसार वन क्षेत्रमा सखुवा लगायतका पुराना रुख विरुवा नष्ट भएका छन् । आगलागी नियनत्रणका लागि गणको कमाण्डमा रहेको वेलडाँगी स्ििथत सशस्त्र प्रहरी टालीलाई परिचालन गरिएको थियो ।
भूटानी शरणार्थी शिविरहरु रहेको स्थान भन्दा करिव पाँच किलोमिटर उत्तर तर्फ लागेको डढेलोवाट भएको क्षतिका बारे भने यकिन हुन नसकेको उहाँको भनाइ छ ।
त्यस्तै झापाकै रतुवा माइ वृक्षरोपण आयोजनाको वन हाता भित्र आइतवार राती नै डढेलो लागेर करिव डेढ विगाह वन क्षेत्र प्रभावित बनेको छ । डढेलोका कारण पुराना तथा नयाँ रुख विरुवा नष्ट भएको समेत गणले जानकारी दिएको छ ।
गणपति मगरका अनुसार वन भित्र घाँस दाउरा गर्न जानेहरुले लापरवाही गरी आगो छाडेकाले डढेलो लागेको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुमान छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।