Tuesday, March 16, 2010

बर्तमान सरकारले संविधान निर्माण गर्न नसक्नेः भट्राई

बारा चैत्र ३ । एकिकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले बर्तमान सरकारले कुनै पनि हालतमा संविधान निर्माण गर्न नसक्ने बताउनु भएको छ ।
भोजपुरा राज्य अन्तर्गतका जिल्ला कमिटी सदस्यलाई प्रशिक्षण दिन आज बाराको सिमरा पुग्नु भएका भट्राईले बर्तमान सरकारले संविधान जारी गर्न नसक्ने बताउदै जतिसक्दो चाडो राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
 उहाले निर्धारित मितिमै सविधान निर्माण हुन नसके जनताले विद्रोह गर्ने बताउनु भयो । वर्तमान सरकार विरुद्ध तत्काल अविश्वास प्रस्ताव ल्याउने कुनै कार्यक्रम नभएको बताउदै भट्टराईले दलहरुसग छलफल गरेर अगाडीको कदम चालिने बताउनु भयो ।
उहाले तराईमा माओवादी कार्यकर्ताको निरन्तर हत्या भइरहनु माओवादीलाई शान्तिप्रकि्रयाबाट भड्काउन गरिएको सुनियोजित षड्यन्त्र भएको टिप्पणी गर्दै पार्टीले संयमतापूर्वक प्रतिवाद गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।