झापा, फागुन १७ । गएको सात महिनाको अबधिमा पुर्वााचलमा ३ सय ९९ जनाले आत्महत्या गरेको विवरण सार्वजानिक गरिएको छ । जसमध्ये २ सय ३७ जनाले झुण्डीएर १ सय ४९ जनाले विष खाएर र ८ जनाले नदी तथा भिरमा हामफालेर ४ जनाले आगो लगाएर र एक जनाले खुकुरी रोपेर आत्महत्या गरेका छन् । पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका अनुसार गएको साउनदेखि माघ मसान्त सम्मको सात महिनाको अबघिमा झापामा सबै भन्दा बढी आत्महत्याका घटना भएको छ ।
झापामा ७१ जनाले सुनसरीमा ७० मोरङमा ४० सिराहामा ३९ उदयपुरमा ३६ सप्तरीमा २४ र भोजपुरमा २१ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजानिक भएको छ ।
त्यसैगरी इलाममा १९ जनाले सोलुखुम्बुमा १५ पाचथरमा १२ संखुवासभामा १० ओखलढुंगा र धनकुटामा ९÷९ खोटाङ र ताप्लेजुङमा ७÷७ र तेह्रथुममा ५ जनाले आत्महत्या गरेका छन् ।
पारिवारिक कलह असफलता प्रेममा विछोड र मानसिक रोगीको कारण पछिल्लो समयमा आत्महत्याको घटना बढ्दै गएको पुर्व क्षेत्रका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरिक्षक भिम दाहालले बताउनु भयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।