बिराटनगर, फाल्गुन १७ । मोरङको लेटाङ र झापाको अनारमनीमा होली खेलेको विषयमा भएका विवादमा गएराती खुकुरी हानाहान हुदा चार जना गम्भिर घाईते भएका छन् । मोरङको लेटाङ २ मा राती साढे ८ वजे स्थानिय शहविर राईले मादक पदार्थ सेवन गरी छिमेकी कर्ण नेपालीलाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।
धारिलो हतियार प्रहारवाट नेपालीको टाउकोमा गहिरो चोट लागेको मोरङ प्रहरीले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सोहि स्थानमा मादक पदार्थ सेवन गरी लेटाङ ६ का गोविन्द राई र लेटाङ ७ का योगेश लिम्बु विच गएराती नै भएको झगडामा दुबैले एक अर्कालाई खुकुरी प्रहार गर्दा दुबै गम्भिर घाईते भएका छन् । घाईते दुबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
उता झापाको अनारमनी १ बुट्टावारी चौकमा सामान्य विवादमा शनिश्चरे ७ का ४७ वर्षिय श्यामसुन्दर महर्जन र उनका १७ वर्षिय छोरा केबलले स्थानिय २५ वर्षिय दिलीप गिरीलाई बासको चिर्पट प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।
गएराती ८ वजे भएको कुटपिटवाट घाईते भएका गिरीको कन्काई अस्पताल विर्तामोडमा उपचार भइरहेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चिर्पट प्रहार गर्ने बाबु छोरालाइृ्र प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।