नगेन्द्र राई
दमक १२ चैत । संयुक्त कोचिला संघर्ष मोर्चाले भारत संग सिमाना जोडिएको झापाको खजुगार्गार्छी क्षेत्रमा भारतिय पक्षले नेपालको सिमा अतिक्रमण गरेर वनाएको सडक निर्माण कार्य तिन दिन भित्रमा वन्द नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मोर्चाका केन्द्रीय अध्यक्ष लेखराज खवासको नेत्रित्वको एक टोलीले सुक्रवार नेपालको भूमीमिचेर भारतियले निर्माण गरेको सडक क्षेत्रको स्थलगत अवलोकन गर्ने क्रममा सो कुरा वताएका हुन ।
भारतियले नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा निर्माण गरिरहेको सडक तिनदिन भित्र वन्द नगरेमा मोर्चाले चौथोदिनदेखि सशक्त आन्दोलन गर्ने वताएका छन् । आन्दोलन स्वरुप मोर्चाले झापा मोरङ र सुनसरी क्षेत्रमा कुनैपनि भारतिय सवारीसाधनलाई चल्नमा रोक लगाउने वताएकाछन् । भारतिय पक्षले खजुरगाछि क्षेत्रमा रहेको दुईवटा सिमा स्तम्भहरु १५०÷३४ र १५१÷३५ लाई अतिक्रमण गरेर ६ सय मितर लामो सडक निर्माण कार्य गरिसकेको केही समय अघिको स्थानिय वासीको विरोध पछि सुक्रवार मोर्चाले आन्दोलन गर्ने वताएको हो ।
अवलोकनमा गएका टोलिको समुहले अतिक्रमण भएको भागको अवलोकन गर्ने क्रममा नेपालमा प्रवेश गरेको वि।आर।-२९६३ नम्वरको भारतिय मोटरसाईकललाई रोकेर आगजनिको प्रयास गरेको वेलामा नेपालका प्रहरी र पत्रकारको समुहले क्षतिगराउन रोकेका थिए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।