विराटनगर । नेकपा (एमाले) को भ्रातृ सङ्गठन युथ फोर्सका मोरङ अध्यक्ष परशुराम बस्नेतसहित दुई व्यक्तिलाई अज्ञात व्यक्तिको एक समूहले बिहीबार साँझ अन्धाधुन्ध गोली प्रहार गरी घाइते बनाएको छ । अर्का घाइते विराटनगर वडा नं. १५ निवासी परशुराम राई हुन् । घाइते दुबैको स्थानीय न्यूरो रिसर्च सेन्टर विराटनगरमा उपचार भइरहेको छ ।
विराटनगर-१५ स्थित आफ्नो घर कम्पाउन्डमा बसिरहेका बेला दुई व्यक्तिले गोली प्रहार गरी मोटरसाइकलमा भागेको प्रहरीले जनाएको छ । बिहीबार साँझ ६ः३० बजे भएको सो घटनामा ३८ वर्षीय अध्यक्ष परशुराम बस्नेतको घुँडामा गोली लागेको छ भने अर्का परशुराम राईको खुट्टामा गोली लागेको छ ।
घटनाको कारण विराटनगर बजार तनावग्रस्त बनेको र हाल प्रहरीको सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।सो घटनाको विरोधमा साँझदेखि बजार बन्द भएको छ ।
घटनाका अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।