Thursday, March 11, 2010

दिनभर यातायात बन्द

फाल्गुन २७ । हत्याको विरोधमा आज नेपाल यातायात मजदुर संघले गरेको बन्दका कारण पुर्वका तिन जिल्लामा यातायात सेवा ठप्प भएको छ । जन्ती िहंडेका युवाहरुको कुटपिटवाट गम्भिर घाईते भएका बस चालकको गएराती उपचारको क्रममा मृत्यु भएपछि यातायात मजदुर आफन्त र स्थानियवासीले दोषीलाई कार्वाहि र क्षतीपुर्तिको माग गर्दै आज झापामा यातायात सेवा ठप्प पारेका हुन् । उनिहरुको बन्दलाई समर्थन गर्दै सुनसरी र मोर¨मा पनि लामो तथा छोटो दुरीका यातायात चलेका छ्रैनन् ।
बन्दका कारण झापा सुनसरी र मोर¨मा कुनैपनि सार्वजनिक सवारी साधन संचालन नभएको प्रहरीले जनाएको छ । बन्दका कारण त्यहाँको जनजिवन प्रभावित भएको छ । उनिहरुले विहानैदेखि मृतकको शव सुरुङा स्थित राजमार्गमा राखेर प्रदर्शन गरीरहेको जनाईएको छ । कुटपिटवाट झापाको सतासीधाम स्थित दुधे घर भई सुरुङामा डेरा गरी बस्दै आएका ३२ वर्षिय शेरबहादुर तामाङ छन् ।
बसको छतमा बसेका युवाहरुलाई चालक तामाङले तल झर्न आग्रह गर्दा आक्रोसित भई उनिहरुले हिजो साँझ उनलाई सुरुङ ५ मा कुटपिट गरी गम्भिर घाईते बनाएका थिए ।
घाईते तामाङको उपचारको क्रममा विर्तामोड स्थित कंचनजंघा अस्पतालमा राती साँढे ८ वजे मृत्यु भएको पुर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कुटपिटमा संलग्न तीन युवालाई प्रहरीले तत्कालै पक्राउ गरीसकेको जनाएको छ । को १ ख १८३५ नंम्बरको बसमा झापाकै घैलाडुब्बा ५ का मनोज साहाको जन्ती लिएर तामाङ मोरङको गोविन्दपुर आउँदै गरेका थिए । घटनाको विषयमा सहमति कायम गर्न स्थानिय प्रशासन विभिन्न राजनैतिक दल मृतकका आफन्त र स्थानिय वासि विच वार्ता भईरहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।