विराटनगर ८ वैशाख । संविधान निर्माणको लागि दबाब दिन आन्दोलन थालेको एकिकृत नेकपा माओवादीले मोरङका युवाहरुलाई वैचारिक र शारिरीक प्रशिक्षण दिन सुरु गरेको छ । वाईसिएलको संयोजनमा मोरङका विभिन्न स्थानमा मंगलबारदेखि युवाहरुलाई प्रशिक्षण दिन थालिएको हो ।
मोरङको हातिमुढा विराटनगर र अन्य ग्रामिण क्षेत्रमा युवाहरुलाई भेला गरेर गैरसैनिक प्रकृतिको तालिम र राजनीतिक प्रशिक्षण दिएको हो ।
यस प्रकारको प्रशिक्षण विभिन्न स्थानमा साचालन भइरहेको मोरङ ७ नम्वर इलाकाका वाईसिएल इाचार्ज अमनलाल मोदीले जानकारी दिनुभयो ।
वर्तमान सरकारले जनताको सुरक्षाको प्रत्याभुति नदिएको भन्दै गाउँको सुरक्षा आफै गर्न युवाहरुलाई शारिरीक प्रशिक्षण दिएको एकीकृत माओवादीले जनाएको छ । तोकिएको समयमा संविधान जारी नभए सुरु हुने आन्दोलनलाई व्यवस्थित गर्न र जनपरिचालन गर्न पनि युवाहरुको शारिरिक सुगठन आवश्यक भएकोले तालिम दिएको माओवादी मोरङका कार्यबहाक इाचार्ज गणेश उप्रेती शुशीलले जानकारी दिनुभयो । मोरङको हातिमुढामा भेला भएका युवाहरुले बिहानैदेखि संविधान निर्माणमा दबाब दिने विषय र आन्दोलनमा प्रतिरक्षा सम्बन्धी तालिम लिने गरेका छन् ।
युवाहरुलाई २ घण्टा बैचारिक तथा राजनीतिक र अन्य समयमा शारिरीक प्रशिक्षण दिने गरेको शुशिलले जानकारी दिनुभयो । यो तालिम फौजी नभएर आत्मसुरक्षा र स्वयंसेवक तालिम भएको उहाँको दाबी थियो । जनताको सुरक्षाको लागि स्वयंसेवक तयार गर्न प्रशिक्षण साचालन गरिएकोले त्यसमा सहभागी युवाहरुलाई खाने र बस्ने व्यवस्था स्थानीयवासीले नै मिलाएको माओवादीले जनाएको छ । प्रशिक्षणमा सहभागी युवाहरुलाई पिटी खेल्ने गाजी हाफपैण्ट र जुत्ता उपलव्ध गराएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।