काँकडभिट्टा ८ वैशाख÷ जबरजस्ती चन्दा उठाएको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय ´ापाको हिरासतमा रहेका वर्कस कार्यकर्ताहरुले आमरण अनसन सुरु गरेका छन् । प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै किरात जनवादी वर्कसका कार्यकर्ताहरु सोमबारबाट प्रहरी हिरासतमै अनसन बसेका हुन् ।
दुई साता अघि चन्दा संकलनका क्रममा समातिएका वर्कस पार्टीका केन्द्रीय सदस्यद्वय प्रेम राई खगेन्द्र मेयान्ङ्बो इलाम जिल्ला इाचार्ज किरण तामाङ र महिला विभागकी उषा राई अनसनमा बसेका छन् । अनसनमा बसेकाहरुले पटक-पटक म्याद थप गर्दै मुद्दा लम्ब्याएको भन्दै सोमबारदेखि अनसन सुरु गरेका हुन् । वर्कस कार्यकर्ताहरुलाई प्रहरीले झापाको धुलाबारीबाट चन्दा रसिद पर्चा पम्प्लेटसहित पक्राउ गरेको थियो । अनसनमा बसेकाहरुले सोमबारदेखि नै केही पनि नखाएको बताइएको छ ।
हिरासतमा रहेका वर्कस कार्यकर्ताहरुले प्रहरीले जर्वजस्ती आफूहरुलाई चन्दा संकलन गरेको स्वीकार गर्न दबाब दिएको आरोप लगाएका छन् । प्रहरीले भने अपराधबाट बच्न उनीहरु अनसनमा बसेको प्रतिकृया दिएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।