विराटनगर १७ वैशाख । दोस्रो क्षेत्रीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ । वालज्योति क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा मेची कोसी सगरमाथा र आयोजक समेत चार टिमको सहभागिता रहेको छ । दुई दिनसम्म साचालन हुने प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागी हुने आयोजकले जनाएको छ । जसमा १६ प्रतिस्पर्धात्मक इभेन्ट र पाँच प्याट्रन इभेन्ट रहेको बताइएको छ ।
प्रतियोगिता अन्तर्गत केही इभेन्टका खेलहरु शुक्रबार सम्पन्न भएका छन् । जसअनुसार महिला ४५-५० केजी तौल समूहमा आयोजक टिमका सुमित्रा श्रेष्ठ प्रथम र कोसी अाचलकी रिना धिमाल द्वितीय भएका छन् । त्यस्तै पुरुष ५५-६० केजी तौल समूहमा आयोजकका रोशन धिमाल प्रथम र कोसीका धनकुमार राई द्वितीय भएका छन ् भने ६०-६५ केजी पुरुषतर्फ आयोजक कमिटीका राजु चौधरी प्रथम र कोसीका अर्जुन तामाङ द्वितीय भए । श्ाुक्रवार नै अन्य आठ इभेन्टका सेमिफाइनल खेलहरु समेत सम्पन्न भएका छन् । जसमा महिला ३५-४० तर्फ आयोजकका शान्ति तामाङ र कोसीका ममता आलेमगर फाइनलमा प्रवेश गरेका छन् । यस्तै पुरुष २०-२५ केजीमा आयोजकका किरण कार्की र कोसीका गोविन्द वस्नेत फाइनलमा प्रवेश गरे भने २५-३० केजीमा आयोजकका प्रेम मगर र सगरमाथाका शुवर्ण धिमाल फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको ३०-३५ केजी तौल समुहमा आयोजकका पुर्णबहादुर मगर र कोसीका प्रज्वल कटवाल फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै ३५-४० केजी तौल समूहमा आयोजकका विश्व लिमहाङ लिम्वु र सगरमाथाका किरण राईले फाइनल यात्रा सुनिश्चित गरेका छन् । ४०-४५ केजी तौल समूहमा आयोजकका युवराज गुरुङ र कोसीका राजन राई पनि फाइनलमा प्रवेश गरेका छन् भने ४५-५० केजी तौल समूहमा आयोजकका शुरेश धिमाल र कोस्ाीका होमवहादुर राई एवं ५०-५५ केजीमा आयोजकका रविन राई र कोसीका प्रविण गिरीले फाइनल यात्रा पक्का गरेका छन् ।
क्षेत्रीय प्रतियोगीताका विजयी खेलाडीले आउँदो जेठ ३१ र असार १ मा काठमाडौमा हुने छैठौं राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाउने इण्टरनेशनल तेक्वान्दो फेडेरेसन पूर्वााचलका प्रमुख प्रविणकुमार कार्कीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।