Friday, April 30, 2010

चालकसहित आठ यात्रु घाइते

दमक १७ वैशाख ।  झापाको दमक गौरिगाज सडक खण्डको गौरादहमा शुक्रबार मध्यान्ह भएको सडक दुर्घटनामा चालकसहित एक दर्जन यात्रु घाईते भएका छन् । घाईते हुनेमा गौरीगाज ५ का चालक आकास चौंलागाई गौरादह ७ की २२ वर्षीया किरण ठाकुर सोही स्थानकी २७ वर्षीया सपना अधिकारी लगायतका छन् ।
टाउकोमा गहिरो चोट लागेर गम्भीर घाईते चालक चौंलागाई ठाकुर र अधिकारीको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य घाईतेको गौरादह स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
गौरीगाजबाट दमकतर्फ आउँदै गरेको मे १ ख १०८६ नम्बरको बस गौरादह ३ मा मध्यान्ह १२ वबे मोटरसाइकललाई जोगाउने क्रममा पल्टँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।