Friday, April 30, 2010

माओवादीद्धारा तेस्रो जनआन्दोलन सुरु

  • निर्णायक आन्दोलनको तयारी
  • प्रमुख शहरहरु आन्दोलनमय
  • विराटनगरमा लाखौं जनता आउँदै
  • आन्दोलन लगातार जारी हुने
विराटनगर १७ वैशाख÷ शान्ति र संविधानको लागि एकीकृत माओवादीले आजशनिबार देशभर तेस्रो जनआन्दोलनको सुरुवात गर्दैछ । मे दिवसको दिन पारेर देशभर लाखौं-लाख जनता देशका प्रमुख शहरहरुमा उतारेर एकीकृत माओवादीले तेस्रो जनआन्दोलन सुरु गर्न लागेको हो । जनसभामा काठमाडौंमा करिब ५ लाख जनताको सहभागी हुने माओवादीले जनाएको छ । जुन जनसभा अहिलेसम्मकै ऐतिहासिक र भब्य हुने दावी माओवादीको छ ।
जनसभा र त्यसपछि लगातार जारी हुने निर्णायक जनआन्दोलनको लागि देशभरबाट जनताहरु राजधानी केन्द्रीत भइरहेका छन् । शान्ति संविधान राष्ट्रिय स्वाधिनता नागरिक सर्बोच्चता र संयुक्त राष्ट्रिय सरकारको माग गर्दै एकीकृत माओवादी आन्दोलनमा उत्रिएको हो । यो आन्दोलन अहिलेसम्मकै सबैभन्दा भब्य र ऐतिहासिक एवं निर्णायक हुने दावी माओवादी पोलिटब्युरो सदस्य तथा कोचिला राज्य इाचार्ज हरिबोल गजुरेल शीतलकुमार बताउनुहुन्छ । उहाँले मागहरु पुरा नभएसम्म आम हड्तालसहित आन्दोलन जारी हुने जानकारी दिनुभयो । 
राजधानीपछि दोस्रो आन्दोलनको केन्द्र भन्दै माओवादीले विराटनगरमा समेत प्रदर्शन र जनआन्दोलनको भब्य तयारी गरेको छ । विराटनगरमा आज हुने प्रदर्शनमा डेढ लाख बढि जनता सहभागी गराउने तयारी भएको माओवादीले जनाएको छ । त्यसको लागि पार्टीको पुर्वााचल ब्युरोपमा पर्ने किरात र लिम्बूवान राज्यका जिल्लाहरुबाट जनता तथा कार्यकर्ताहरु विराटनगर आउने क्रम जारी रहेको छ । कार्यक्रममा झपाबाट २५ हजार मोरङबाट ७० हजार सुनसरीबाट ३५ हजार र मजदुरबाट ५० हजार जना लिस्टमा नाम चढाएर कार्यक्रममा सहभागी हुने बताइएको छ । जसको लागि करिब ८ सय बस ४ सय ट्रक-ट्रयाक्टर २ हजार मोटरसाईकल २८ सय साईकल परिचालन गरिने बताइएको छ ।
आन्दोलनमा करिब १५ हजार जनता पैदल सहभागी हुने बताइएको छ । यस्तै कार्यक्रमको लागि करिब ८ हजार तालिमप्राप्त स्वयंसेवकहरु परिचालन गरिने पार्टीका केन्द्रीय सदस्य तथा कोचिला राज्य सह-इाचार्ज गंगा श्रेष्ठ प्रभातले जानकारी दिनुभयो । कार्यक्रमको लागि माच तयारी भइरहेको छ भने सहभागी बस्न जनआन्दोलन चौक उत्तरको सडकमा टेण्ट हाल्ने क्रम जारी रहेको छ । कार्यक्रमको लागि खानेपानी स्वास्थ्य उपचार र सुरक्षाको राम्रो प्रबन्ध भएको माओवादीले जनाएको छ । 
प्रधानमन्त्रीले राजीनामा दिए पनि नयाँ संविधान घोषणा नहुाजेल दवावमुलक जनप्रदर्शन जारी राख्ने घोषणा गरेको माओवादीले १९ गतेपछि पनि २० हजार बढि जनता विराटनगरमै राखेर आन्दोलन जारी राख्ने भएको छ । जनप्रर्दशनलाई ब्यवस्थित मर्यादित र शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराखिने बताउँदै माओवादीले सरकारले दमन गर् यो भने कडा प्रतिकार गर्ने तयारी समेत गरेको जनाएको छ । जनता जागेका छन् अब अधिकार प्राप्त नभएसम्म आराम गर्दैनन्-केन्द्रीय सदस्य श्रेष्ठको दावी छ । उहाँले शान्तिपूर्ण आन्दोलनमा दमन भए इटको जवाफ पत्थरले दिने चेतावनी दिनुभयो । 
विराटनगर आएका युवा दस्ता र सर्वसाधारणहरुलाई विभिन्न सार्वजनिक स्थल अतिथि गृह अतिथि सदन पुराना उद्योग लगायतका स्थानहरुमा राखिएको छ । आन्दोलनमा सहभागी हुन आएकाहरुले यस पटकको आन्दोलन निर्णयक हुनुपर्ने भन्दै नेतृत्वले लगातार अगाडि बढ्नुपर्ने बताएका छन् । उनीहरुले अपुरो क्रान्ति पुरा गर्ने क्षण आएको भन्दै अर्को बलिदानीको लागि समेत आपुूहरु तयार रहेको बताए । 
यसैबीच विराटनगरमा हुने कार्यक्रमलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । पुर्व क्षेत्र प्रहरी कार्यालयका प्रमुख डिआईजी भिष्म प्रसाईंले कुनै अपि्रय घटना नहोस भनेर प्रहरीले दुई दिन अगाडिदेखि नै पुर्वका विभिन्न स्थानमा चेक पोइण्ट स्थापना गरी सवारी साधनहरु खानतलासी गर्ने कार्य गरिरहेको जानकारी दिनुभयो । कार्यक्रमलाई लक्षित गरी करिब २ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी प्रशासनले गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।