माओवादी बन्द फिर्ता
काठमाडौं, २९ चैत । मन्त्रिपरिषदको आइतबार अवेर बसेको बैठकले मेसिन रिडेवल पसपोर्ट (एमआरपी) बिना टेन्डर भारतलाई छाप्न दिने निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले टेन्डर प्रक्रियाबाटै एमआरपी छाप्न परराष्ट्रमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
बिना टेण्डर मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) भारतमा छाप्न दिने सरकारको निर्णय कार्यान्वयन नगराउन सर्वच्च अदालतले आदेश दिएपछि वैकल्पिक उपाय खोज्न आइतबार दिउासो मन्त्रिपरिषद बैठक बसेको भए पनि यसबारे केही निर्णय गर्न सकेको थिएन ।
विना टेन्डर एमआरपी भारतलाई छाप्न दिने निर्णयपछि सार्वजनिक लेख समितिले तेस्रो पटक प्रतिष्पर्धाका आधारमा प्रक्रिया बढाउन आग्रह गरेको तथा आफ्नै पार्टीले समेत निर्णय फिर्ता लिन आग्रह गरेपछि प्रधानमन्त्रीले आपतकालिन रुपमा मन्त्रिपरिषदको बैठक बोलाउनुभएको थियो ।
भारतलाई एमआरपी छाप्न नदिन चौतर्फी विरोध भएपनि परराष्ट्रमन्त्री सुजाता कोइरालाको दवावका कारण सरकारले भारतलाई एमआरपी छाप्न दिन परराष्ट्रमन्त्रालयलाई जिम्मा दिएको थियो । सर्वच्च अदालतले मन्त्रिपरिषदबाट चैत ६ गते एमआरपी भारतमा छाप्न दिन गरेको निर्णय भोलि सम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
यसै बिच सरकारले निर्णय फिर्ता लिएपछी
एमआरपी छपाइको बिरोधमा एकीकृत नेकपा माओबादीको भोलि आह्वान गरेको नेपालबन्द फिर्ता लिएको छ । आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले मेसिन रिडेवल पसपोर्ट (एमआरपी) बिना टेन्डर भारतलाई छाप्न दिने निर्णय फिर्ता लिएपछि माओबादीले बन्द फिर्ता लिएको हो । माओबादीले बन्द फिर्ता लिए पनि अन्य संघर्षका कार्यक्रम भने जारी रहने बताएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।