Sunday, April 11, 2010

आठ पेट्रोलपम्प कार्वाहीमा

विराटनगर, ३० चैत ।  गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले पेट्रोलियम पदार्थको परिमाणमा फरक पारेका पुर्वााचलका आठ वटा पेट्रोल पम्पलाई कारवाही गरेको छ । कार्यालयबाट गएको छड्के अनुगमन टोलीले मेची अाचलका दुईसमेत गरी आठ वटा पेट्रोल पम्पलाई कारवाही गरेको हो ।
 गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशिभुषणकुमार यादवको नेतृत्वमा गएको अनुगमन टोलीले इलाम फिक्कलमा रहेको फिक्कल उत्तम स्टोस्र र इन्द्रामणी अटोमोवाइल फिदिम पाँचथरलाई नयाँ पम्प खरिद गरेर मात्र व्यवसाय साचालन गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा फिक्कल उत्तम स्टोस्रको पम्पमा लगाएको सिल गोटी स्लीप भई आफुखुसी घटाउन बढाउन सक्ने भएकोले अनियमितता हुने गरेको ठहर गरेको हो । यस्तै इन्द्रामणी अटोमोवाइल्स फिदिमको डिस्पेनसीङ पम्पको अवस्था ठिक नरहेको र जडान भएको पम्पको मिटर नै नचल्ने गरेकोले नयाँ पम्पबाट मात्र कारोवार गर्न निर्देशन दिएको हो ।
गतसाता कार्यालयले एकल रुपमा गरेको अनुगमनका क्रममा सिराहा सप्तरी उदयपुर र मोरङका ६ वटा पम्पलाई अनियमितता गरेको आरोपमा नगद जरिवाना गराएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।