Tuesday, April 6, 2010

सरणार्थीको रकम भूटान वैंकवाट गायव

नगेन्द्र राई
२४ चैत्र दमक । पुनरवासा भएर अमेरिका पुगेका भुटानी शरणारर्थीले भुटानमा रहेका आफ्ना आफन्तलाई पठाएको पैसा भूटानको वैकवाटनै गायवहुने गरेको खुलासा भएको छ । दक्षिण भुटानको सर्भाङ जिल्ला गेलेफुका पाँच भुटानी परिवारलाई अमेरिका पुनरवास भएका आफन्तले पठाएको पैसा बैंकबाटै जफत गरिएको पाईएपछि यस्तो खुलासा भएको हो । अमेरिका पुनरवास भएका शरणार्थीले पठाएको पैसा बैंकमा आएपछि बैंकका कर्मचारीले प्रहरीलाई खवर गरिदिएका थिए ।
भुटान प्रहरीले ती पाँच परिवारलाई पैसा लिन पाउँदैनौ भनेको दक्षिण भुटानको घुमफिरबाट भर्खरै फर्किएका बेलडाँगी ३ शरणार्थी शिविरका एक शरणार्थीले बताएका छन् । नेपालमा शरणागत जीवन विताइरहेका प्रायः भुटानीका आफन्त दक्षिण भुटानमा सरकारी दमन सहेर वस्न वाध्य छन् ।
गोलधाप शरणार्थी शिविरमा रहेको शान्ति समितिलाई पुनर्गठन गरिएको छ । अस्ती सोमबार स्थानीय र शरणार्थीको संयुक्त भेलाले स्थानीय नारायण राज राईको अध्यक्षतामा २५ सदस्यीय शान्ति समिति पुनरगठन गरिएको हो । पुनर्गठित शान्ति समितिको उपाध्यक्षमा शरणार्थी विर्ख बहादुर गुरुङ सचिवमा स्थानीय इनद्र जंग लिम्वु उपसचिवमा शरणार्थी धनेश्वरी राई र कोषाध्यक्षमा शरणार्थी सागर हुमागाईलाई चुनिएको छ । शरणार्थी र स्थानीयबीचको सम्वन्ध विग्रन थालेपछि गोलधाप शरणार्थी शिविरसहित सातै शिविरमा दुई वर्षअघि शरणार्थी र स्थानीय दुवै पक्षको प्रतिनिधित्व रहने गरि शान्ति समिति बनाइएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।