Tuesday, April 6, 2010

राई पत्रकारको अध्यक्षमा पदम

२४ चैत्र दमक ।किरात राई पत्रकारसंघको प्रथम राष्ट्रिय सम्मेलनले पदम राईको अध्यक्षतामा २१ सदस्यि केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा जनकऋषी राई राजेश चाम्लिङ महासचिव भद्रगोल किराती सचिव मेनुकला राई दिपेन्द्र राई कोषाध्यक्ष बसन्त राई निर्वाचित भएका छन् ।
 चैत्र २० गते काठमाडौंमा भएको सम्मेलनले समितिको सदस्हरुमा गजुरधन राई अर्जुन जम्नेली राई अशोक राई श्रीशिसा राई देउरालि चाम्लिङ्ग कुम्भराज राई नगेन्द्र राई दमन राई सेली राई खुसी राई दिवस राई समला राई सचित राई र साचार किराती निर्वाचित भएको छ । सम्मेलनमा १० जिल्लामा संगठित जिल्लाहरुबाट सय भन्दा बढी प्रतिनिधि र पर्यबेक्षकहरु उपस्थिति रहेका थिए ।

1 comment:

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।