विराटनगर वैशाख,१९। मोरङ र सुनसरीमा शनिबार राति भएका सवारी दुर्घटनामा एक बृद्धसहित दुई जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको टंकीसिनुवारी ५ बाँसवारी चौकमा बसको ठक्करवाट पैदलयात्री सुनसरी दुहवी ३ का सफिद मियाँको मृत्यु भएको छ । धरानबाट विराटनगर आउँदै गरेको ना २ ख ६७७० नम्बरको सिाजवनी बसले ठक्कर दिँदा गम्भीर घाईते भएका मियाँको उपचारको क्रममा कोशी अाचल अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उता सप्तरीको शम्भुनाथमा लागेको मेला हेरेर फर्किंदै गर्दा पुर्व पश्चिम राजमार्गको सप्तरी भंगाहा ३ मा विहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी हरिपुर ५ का २४ वर्षीय सुर्यनारायण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते उनको उपचारको क्रममा विहान ६ वजे विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
चार जना सवार ना ३ ख ८५८१ नम्बरको मोटरसाइकल विहान १ वजे अयिनन्त्रित भई दुर्घटनामा हुँदा सप्तरी खोजपुर ८ का रिाजत चौधरी मोहनपुर ५ का दिपक चौधरी र प्रकाश चौधरीसमेत गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको लहान अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्यसैगरी कोशी राजमार्ग अन्तर्गत सुनसरीको खनारमा शनिबार राति को ३ प २५४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डिउटीमा रहेका प्रहरी जवान सोमलाल खवाससहित तीन जना गम्भीर घाईते भएका छन् । डिउटीमा गएर फर्कंदै गर्दा इटहरीबाट विराटनगर आउँदै गरेको मोटरसाइकलले प्रहरी चौकी खनारमा कार्यरत प्रहरी जवान खवासलाई ठक्कर दिँदा दुर्घटना भएको हो । उनको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार विराटनगर १५ का रोहित थपलिया र अपि्रल चौधरीसमेत गम्भीर घाईते भएका छन् । उनीहरुको इटहरी सामुदायीक अस्पतालमा उपचार भइरहकेको सुनसरी प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।