विराटनगर १९ वैशाख । आम हड्तालको क्रममा शान्तिपूर्ण प्रदर्शनमा रहेका एकीकृत माओवादीका कार्यकर्ताहरुमाथि विराटनगरको रानीमा युथफोस्र र तरुण दलको टोलीले आक्रमण गर्दा दुई जना गम्भीर घाइते भएका छन् ।विराटनगर १८ स्थित रानीमा प्रदर्शनमा रहेका माओवादी कार्यकर्तामाथि भएको आक्रमणमा विराटनगर १७ का २८ वर्षीय धिरज श्रेष्ठ र पंकज िसंह घाइते भएका हुन् ।हातमा गहिरो चोट लागेका दुबै जनाको कोशी अाचल अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक माधव वोगटीले जानकारी दिनुभयो । १५÷२० जना बन्दकर्ताहरुले विराटनगर भन्सार क्षेत्रमा रहेका बजार पसल बन्द गराउन अनुरोध गरिरहँदा प्रतिकारको नाममा भेला भएको स्थानीय युथफोस्र र तरुण दल सहित भारतीय गुण्डाहरुको समुले आक्रमण गरेको माओवादीले जनाएको छ ।
सो क्षेत्रमा भएको झडपपछि केहिबेर भन्सार क्षेत्र तनाबग्रस्त बनेको थियो । झडपपछि प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको निरिक्षक वोगटीले जानकारी दिनुभयो । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी रहेका एकिकृत माओवादीका ८ जना कार्यकर्तालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेको छ । आक्रमणकारी भने भागेकोले कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
मोरङ माओवादीले भारतीय गुण्डहरु ल्याई आक्रमण गरिएको र आफ्ना तीन जना कार्यकर्तालाई अपहरण गरी लगेको दावी गरेको छ ।
उता आमहड्तालको अबज्ञा गरेको भन्दै एकिकृत माओवादीका कार्यकर्ताले विराटनगरकै दुई वटा सरकारी कार्यालय तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विराटनगर १५ स्थित क्षेत्रीय गणस्तर तथा नाप तौल कार्यालय र विराटनगर १३ स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमा तोडफोड गरी क्षति पुर् याएका हुन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।