Friday, May 14, 2010

सबै बालबालीकालाई १ वर्ष भित्र बिद्यालय पठाउने

इनरुवा बैसाख ३१ गते । सुनसरी सदरमुकाम इनरुवाका बिधालय नगएका सबै बालबालिकाहरु लाइ एक बर्ष भित्रमा जिल्ला शिक्षा कार्यालय सुनसरीले नेपाल सरकारको प्राथमिक तहको शिक्षा सुनिश्चितता कार्यक्रम कार्यान्वन विधालय जाने बतावरण मिलाउने भएको छ ।
शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा जिल्ला शिक्षा कार्यालय सुनसरीले आयोजना गरेको प्राथमिक तहको शिक्षा सुनिश्चितता कार्यक्रम कार्यान्वन प्रकृया अभिमुखीकरण कार्याक्रमबाट ३ नगरपालीका र ४९ नगरपालिका मध्ये इनरुवा नगर पलिकालाई छनौट गर्ने निणर्य गरेको छ । सबै सरोकारबालले इनरुवा नगरपालीका छनौट गर्ने निणर्य गरेको जिल्ला शिक्षा अधिकारी आमबीका साहले बताउनुभयो । वहाँले प्राथमिक तहको शिक्षा सुनिश्चितता कार्यक्रम कार्यान्वन गरी एक वर्ष भित्र सबेै बालकबालीका शिक्षाका लागी विधालय गएको हुने कुरा बताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।