Friday, May 14, 2010

द्धन्द पिडितहरु राहातको पखाईमा

प्रमोद यादब
इनरुवा बैसाख ३१ गत । दश वर्षे जनयुद्धका समयमा पिडित बनेका द्धन्द पिडितहरु लामो समय देखी राहात नपाएकाले अहिले राहातको पखाईमा बसेका छन् । नेकपा माओवादी र ततकालीन सरकारको विचमा चलेको द्धन्दले पिडित बनेका सुनसरीबासी अहिले सम्म सरकारले घोषणा गरे अनुरुपको राहात नपाएकाले उनिहरु अहिले राहातको पखाईमा बसेका हुन् ।
नेपाली जनताले बर्षौ देखी गरेको त्याग संघर्ष बलिदानीको सहि सम्मान भनेको शान्ति प्रकि्रयालाई तार्किक निष्कर्ष र जनताले चाहेको संविधान निर्माण भए पनि सविधान निर्माण कार्य ओझेलमा परेकाले राहातको लागी द्धन्द पिडितहरु एक जुट हुन थालेका छन् । एमाओवदीका सपना परियारले नेपाली जनताका आधारभुत अधिकारलाई सुनिश्चीत गर्नुपर्नेमा त्यसो गर्न नसेकोमा आपती जनाउनुहुन्छ । शान्ति स्थापनामा हामी सबै राजनैतिक  दल नागरिक समाज संघसंस्था बुद्धिजिवी सम्पुर्ण रुपले सचेत जागरुक र संगठित भएमात्र जनताको अधिकारको प्रत्याभुती हुन सक्छ भन्नेमा सुनसरीका राजनीतिक दलहरु एक भएका छन् । सुनसरीको समाजीक सचेतनाका लागी सुचना केन्द्रले इन्सेकको सहयोगमा शान्तिका लागी परिपुरण कार्यक्रमले याहाँका स्थानियहरुले महत्व र सान्दर्भीकता लाई बुझेर राहात तथा सहयोगको लागी जुटेका छन् । सुनसरीको द्धन्दबाट बढी प्रभावित ब्रहाक्षेत्र सिगीया महेन्द्रनगर र भरौल गाविसका स्थानियहरु शान्तिका लागी परिपुरण कार्यक्रमबाट प्रभावित भई पुराना  कुरा विसे्रर एक आपसमा रहेको तिक्तता द्धन्द छोडेर साझाँ अधिकारका लागी एक भएर समुदाय सदस्य मार्फत समुदाय स्तरमा द्धन्द पिडित प्रभावितहरु विच संचार हुन थालेको सिक्साका कार्यक्रम संयोजक रमेश भटटराईले जानकारी दिनुभयो । शान्तिका लागी परिपुरण कार्यक्रमले जिल्ला र ग्रामिण राजनितिक दलहरुलाई सहयोगी भुमिका खेलेको अनि समुह सदस्य मार्फत द्धन्दपिडितहरु पहिचान हुन थालेको तथा कार्यक्रमको बारेमा थाहा पाएर द्धन्दपिडितहरु सार्वजनिक हुन  थालेको सहजकर्ता रामचन्द्र यादव बताउनुहुन्छ । द्धन्दपिडितहरुले सहयोगको अपेक्षा मात्र नभई राज्यले उपलब्ध गराउने सुविधाको बारेमा खोजि गर्न थालेको र राजनैतिक दलहरुले यस कार्यक्रमलाई साझा कार्यक्रमको रुपमा लिन थालेका छन् । गाँउ स्तरमा साचालन गरिने कार्यक्रममा राजनैतिक दलका मुख्य नेताहरु नै स्वंय उपस्थित भएर सहभागिता जाहेर गरेर द्धन्द्ध पिडित राजनैतिक कार्यकर्ताहरु आफ्नो सुचना÷जानकारी राज्यका निकाय सम्म पुर् याउन स्वंय जागरुक हुन थालेको समाजसेवी छत्रमणि न्यौपानेले बताउनुभयो । परिपुरण कार्यक्रम मार्फत द्धन्दपिडितहरुले आँफू द्वन्द्वपिडित हुँ भन्ने कुरा बताउन थालेको द्धन्दपिडितहरुलाई सहयोग गर्न सबै पक्षले सहमति जाहेर गरेको गाँउ स्तरमा द्धन्दपिडितको पक्षमा योजना निमार्ण गर्न स्थानिय निकाय सहमत र द्वन्दपीडित र प्रभावितहरुले साचालन गरेका समूह कि्रयाशील भएको पाईन्छ । मानवअधिकारप्रति साझा दृष्टिकोणको विकास भएकाले याहाँका द्धन्द पिडितहरु एक जुट हुन थालेका छन् । यस जिल्लामा द्धन्द्धको समयमा राज्य तर्फबाट जिल्ला भित्र तथा जिल्ला बाहिर गरी ४९ जनाको हत्या भएको  छ । जसमा ४ जना महिला र ४५ जना पुरुष रहेका छन् । त्यसैगरी विद्रोही पक्ष माओवादी तर्फबाट जिल्ला भित्रका सर्वसाधारण १५ जना मारिएका छन् । द्वन्द्वको क्रममा नेपाल प्रहरीमा कार्यरत २८ जना प्रहरी सशस्त्र प्रहरीमा कार्यरत ४ जना र नेपाली सेनामा कार्यरत १२ जनाको हत्या भएको थियो । द्वन्द्व कै समयमा सुराकी गरेको आरोप त कतिलाई माओवादी भएकै कारण गरी १६ जना नागरिकलाई  वेपत्ता बनाईएको छ । यी सबै पिडित परिवार अहिले राहातको खोजीमा छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।