Tuesday, May 18, 2010

मेघालयमा तीन नेपालीभाषीको हत्या

काँकडभिट्टा ४ जेठ ।  अल्पसंख्यक नेपालीभाषी र बहुसंख्यक खासीबीचको तनावपछि भारतको मेघालयमा तीन नेपालीभाषीको हत्या भएको छ । मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीले दिएको जानकारी अनुसार मारिनेमा मेघालयको वडापानी भन्ने स्थानका ७० वर्षीय धनपति बास्तोलासहित तीन जना रहेका छन् । सोमबार भएको घटनामा मृतक अन्य दुईको नाम खुल्न सकेको छैन ।
तीनै जनाको खासीहरुले गरेको कुटपिटपछि मृत्यु भएको बताइएको छ । जोशीका अनुसार कोइलाखानीमा काम गर्न पुगेका नेपालीभाषीलाई कुटपिट गरेर खासीहरुले मेघालय छाड्न चेतावनी दिएका छन् । पूर्वोत्तर भारतको मेघालय र आसामको सीमामा पर्ने लांगपीमा गत आइतवार नेपालीभाषी र रैथाने खासी समुदायवीच ´डप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर ७ जना खासी समुदायका व्यक्तिको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।