पहिला संसारले तिमीलाई बदलोस् अनि तिमीले संसार बदल्नेछौ ।यो कथन हो स्पेनी भाषाको प्रगतिशील चलचित्र ूद मोटरसाइकल डायरिजू को । चलचित्रमा अर्जेन्टिनामा जन्मिई हुर्केर चिकित्साशास्त्र अध्ययन गरी कुष्ठरोग विशेषज्ञ बनेका युवामा कसरी विश्व क्रान्तिको भाव उजागर हुनपुग्यो भन्ने विषय बस्तु उठान गरिएको छ । विख्यात ब्राजिलियन निर्देशक वाल्टर स्यालेजद्वारा निर्देशित १ यस २७ मिनेट लामो चलचित्रमा तात्कालिन ल्याटिन अमेरिकी मुलुकहरुको सामाजिक आर्थिक साँस्कृतिक र राजनैतिक परिवेशको चित्रण गर्दै आमूल परिवर्तनको आवाज मुखरित गरिएको छ ।
चलचित्रको कथा अनुसार दुई आत्मिय साथीहरु ूअर्नेस्टो ग्वेभाराू जील गासिर्या बर्नल र ूअल्बर्टो ग्रानाडोू रोडि्रगो डे ला सेर्ना चिकित्सकीय स्वयंसेवा गर्दै दक्षिण अमेरिकी प्रायदीपको मोटरसाइकल भ्रमणमा निस्कन्छन् । करीब ६ हजार माइलको दुरी एक पुरानो मोटरसाइकलमा पुरा गर्ने दुस्साहसपूर्ण यात्राको दौरान उनीहरु अर्जेन्टिनाबाट चिली अनि पेरु हुँदै भेनेज्वेलासम्म पुग्दछन् । पुरानो मोटरसाइकल अक्सर बिगि्ररहे पनि र आथिर्क अभाव खड्किइरहे पनि उनीहरुको यात्रा निरन्तर जारी रहन्छ । आरम्भमा मनोराजनात्मक गतिविधी र प्रेममय भेटघाटमा सिमित यात्राले चिलीको ग्रामिण भेगमा पुगेपछि भने गम्भीर मोड लिन पुग्छ । त्यहाँ स्थानीय कृषकहरुले बर्षौ्रदेखि खनजोत गर्दै आइरहेको जमीन सरकार संरक्षित ठेकेदारहरुले विना मुआब्जा कब्जा जमाई उल्टै कृषकहरुलाई भुमिहीन मजदूरमा परिणत गरेको देखेपछि युवा अर्नेस्टो ग्वेभाराभित्र बिद्रोहको झिल्को सल्कन्छ ।
ए´ यात्राकै दौरान पेरु पुग्दा साम्राज्यवादीहरुले विनाश गरेको सभ्यता र गरीब तथा विरामीहरुमाथि हुने गरेको विभेद देखेपछि उनीभित्रको विद्रोहको झिल्को राँकोमा परिणत हुन्छ अनि भेनेज्वेला पुगेर सहयात्री अल्बर्टोसंग भावपूर्ण विदावारी भई उनी विश्वक्रान्तिको मसाल बाल्न पुग्दछन् ।
केहि व्यापारिक मसलाहरुको प्रयोग गरिएको भएपनि ूद मोटरसाइकल डायरिजू एक सार्थक सडक चलचित्र बनेको छ । क्युबाली क्रान्तिपूर्वका चे ग्वेभारालाई जस्ताको तस्तै उतार्न निर्देशक वाल्टर स्यालेज सफल रहेका छन् । विभिन्न ल्याटिन अमेरिकी देशहरुमा छाँयाङकन गरिएको सो चलचित्रको छाँयाङकन र सम्पादन समेत शसक्त रहेको छ । चे ग्वेभाराको रुपमा जील गासिर्या बर्नल र अल्बर्टो ग्रानाडोको भुमिकामा रोड्रिगो डे ला सेर्नाको अभिनय समेत प्रशंसनीय छ । अतिरिक्त सामग्रीको रुपमा कमरेड चे ग्वेभाराकी छोरी ूअलेइडा ग्वेभाराू तथा हालसम्म जीवित सहयात्री ूअल्बर्टो ग्रानाडोू संगको अन्तरवार्ता समेत राखिएको छ । निरुदेशीय हजारौं चलचित्रहरुको भीडमा उपलव्ध यो चलचित्र दर्शनीय मात्रै नभई संग्रहणीय समेत रहेको अनुभूत हुन्छ ।


No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।